७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

भन्सार छलीका पानजन्य सामग्री बरामद

भन्सार छलीका पानजन्य सामग्री बरामद
अ+ अ-

झापा। झापा प्रहरीले भन्सार छली गरी ल्याइएका रु ५२ हजार बराबरको पानजन्य सामग्री बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार आज इलाका प्रहरी कार्यालय चारआलीबाट खटिएको गस्ती टोलीले मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा पुल नजिक सडक किनारमा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको भन्सार छलीको पानमा प्रयोग हुने सामग्री बरामद गरेको हो ।

बरामद गरिएका सामग्रीमा करिब ५० किलोग्राम हरियो पानको पत्ता, टिनको बट्टामा रहेको २० थान गुल, प्लास्टिकको बट्टामा रहेको १२ थान गुल, पानमा प्रयोग हुने १२ थान रङ्गोल, १० थान पान मसला, ७० थान दिल खुस चट्नी तथा २० थान केशर तमाखु रहेका छन् । ती सामग्रीको अनुमानित मूल्य रु ५२ हजार २० रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको उक्त सामान आवश्यक कानुनी कारबाहीका आजै मेची भन्सार कार्यालय, काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।

अवैध माछा बरामदपछि नष्ट

त्यसैगरी, आज अपराह्न इलाका प्रहरी कार्यालय गौरीगञ्जले गौरीगञ्ज गाउँपालिका–३ बुधबारे हटिया क्षेत्रमा भन्सार छली गरी प्लास्टिकमा ल्याई लुकाइछिपाइ राखिएको करिब २० किलोग्राम मुङ्गी माछा बरामद गरेको थियो ।

प्रहरीका अनुसार बरामद गरिएको माछाको अनुमानित मूल्य रु छ हजार रहेको छ । उक्त माछा इलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याई स्थानीय जनप्रतिनिधि, पशु क्वारेन्टाइन तथा बजार व्यवस्थापन समितिका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । रासस