७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

विद्यार्थीलाई निरन्तर निर्वाचन शिक्षा

विद्यार्थीलाई निरन्तर निर्वाचन शिक्षा
अ+ अ-

काठमाडौँ। निर्वाचन आयोगले विद्यालय तहका विद्यार्थीमा लोकतान्त्रिक अभ्यास र निर्वाचन प्रक्रियाबारे जानकारी अभिवृद्धि गर्न निर्वाचन शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको छ ।

आयोगको कार्यालय, बहादुर भवनमा रहेको निर्वाचन शिक्षा तथा सूचना केन्द्र (इइआसी)मार्फत सञ्चालित कार्यक्रमबाट मतदाता शिक्षा र निर्वाचनको महत्त्वबारे बुझाइएको हो। सो क्रममा आज काठमाडौँको वनस्थलीस्थित विभूति विद्या मन्दिरका कक्षा १० का विद्यार्थी निर्वाचन शिक्षा कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा विद्यार्थीलाई नेपालको निर्वाचन प्रणाली, मतदाता शिक्षा, आयोगको भूमिका, स्वतन्त्र तथा निष्पक्ष निर्वाचनको महत्त्व र नागरिकको लोकतान्त्रिक दायित्वका विषयमा अभिमुखीकरण दिइएको आयोगले आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

मङ्गलबार तारकेश्वर नगरपालिका, काठमाडौँका कक्षा १० का विद्यार्थीहरू नर्वाचन शिक्षा कार्यक्रममा सहभागी भएका थिए । उनीहरूलाई निर्वाचनसम्बन्धी आधारभूत अवधारणा, मतदान प्रक्रिया तथा लोकतान्त्रिक संस्कृतिको विकासमा युवाको भूमिकाबारे अभिमुखीकरण दिइएको थियो ।

आयोगले हालै ललितपुरको कुपण्डोलस्थित नाइटिङ्गेल इन्टरनेशनल स्कुलका विद्यार्थीलाई विद्यालयमै पुगेर शिक्षा कार्यक्रम सञ्चालन गरी निर्वाचनसम्बन्धी विविध विषयमा अभिमुखीकरण दिएको थियो ।

आयोगको निर्वाचन शिक्षा तथा तालिम शाखाले निर्वाचन शिक्षा तथा सूचना केन्द्रले सोको समन्वय गरेको हो। चालु आर्थिक वर्षको यो नयाँ अभ्यासलाई निरन्तरता दिँदै आगामी दिनमा प्रदेश निर्वाचन कार्यालयमा पनि विस्तार गरिने र सेवा वडापत्र पठाइने जनाइएको छ ।

हाल आयोगसहित विराटनगर, पोखरा, धनगढी र सुर्खेतका सूचना केन्द्रमार्फत यो कार्यक्रम निरन्तर सञ्चालन भइरहेको आयोगले जनाएको छ । रासस