७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

कराकोरम हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति एनआरएनए पोर्चुगलको श्रद्धाञ्जली

कराकोरम हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति एनआरएनए पोर्चुगलको श्रद्धाञ्जली
अ+ अ-

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले पाकिस्तानको कराकोरम पर्वतशृङ्खलास्थित के–२ (८,६११ मिटर) क्षेत्रमा आएको विनाशकारी हिमपहिरोमा परी निधन भएका नेपाली पर्वतारोहीहरूप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

संघले सार्वजनिक गरेको शोक–श्रद्धाञ्जली सन्देशमा विश्वप्रसिद्ध पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जा, पुरबहादुर गुरुङ (युक्ता), निमा शेर्पा, किली पेम्बा शेर्पा (किलु), ग्यालु शेर्पा र नावाङ थिन्दु शेर्पाको असामयिक निधनको खबरले आफूहरू अत्यन्त मर्माहित, स्तब्ध र शोकाकुल भएको जनाएको छ।

सन्देशमा निर्मल ‘निम्सदाइ’ पुर्जालाई विश्वप्रसिद्ध नेपाली पर्वतारोही, पूर्व बेलायती गोर्खा सैनिक, विश्व कीर्तिमानी तथा इलाइट एक्जिभेसनका संस्थापकका रूपमा स्मरण गरिएको छ। उहाँको असाधारण उपलब्धि, अदम्य साहस, अटल सङ्कल्प र ‘असम्भवलाई सम्भव बनाउने’ जीवनदर्शनले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाउनुका साथै संसारभरका लाखौं मानिसलाई प्रेरणा दिएको उल्लेख गरिएको छ।

एनआरएनए पोर्चुगलले यो अपूरणीय क्षतिको घडीमा शोकसन्तप्त परिवार, आफन्त, साथीभाइ, सहकर्मी तथा विश्व पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरेको छ।

साथै, उहाँहरूले राष्ट्रको गौरव र पहिचानलाई विश्वमञ्चमा स्थापित गर्न पुर्‍याएको योगदान सधैं अमूल्य रहने उल्लेख गरिएको छ।