७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनेबारे इप्पानको

स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनेबारे इप्पानको
अ+ अ-

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीयबासीलाई उपलब्ध गराइने सेयर अंकित मूल्य अर्थात् प्रति कित्ता १०० रुपैयाँमै उपलब्ध गराउन सबै प्रवर्द्धक कम्पनीलाई आग्रह गरेको छ।

आइतबार जारी प्रेस विज्ञप्तिमा इप्पानले केही जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) निष्कासन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि प्रभावित भएपछि केही प्रवर्द्धक कम्पनीहरूले स्थानीयबासीका लागि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

इप्पानका अनुसार धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ९ को उपनियम (४) ले स्थानीय प्रभावित बासिन्दालाई लाभान्वित गराउने उद्देश्यले १० प्रतिशत सेयर उपलब्ध गराउने कानुनी व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार स्थानीयबासीलाई अंकित मूल्यमै सेयर उपलब्ध गराउनुपर्ने संस्थाको धारणा रहेको छ।

विज्ञप्तिमा जलविद्युत आयोजना केवल लगानीको माध्यम नभई स्थानीय समुदायसँगको विश्वास, सहकार्य र साझेदारीमा आधारित विकासको अभियान भएकाले स्थानीयका लागि छुट्याइएको सेयर प्रिमियम मूल्यमा बिक्री गरिए उनीहरूको पहुँच सीमित हुने, अपनत्वको भावना कमजोर बन्ने र आयोजना तथा समुदायबीचको विश्वासमा नकारात्मक असर पर्न सक्ने उल्लेख गरिएको छ।

इप्पानले स्थानीयबासीलाई अंकित मूल्यमा सेयर उपलब्ध गराउँदा उनीहरू आयोजनाका वास्तविक साझेदार बन्ने, स्वामित्वको भावना बढ्ने, सामाजिक विवाद तथा अवरोध कम हुने र आयोजना समयमै सम्पन्न गर्न अनुकूल वातावरण बन्ने विश्वास व्यक्त गरेको छ। यसबाट स्थानीय समुदायको आर्थिक सशक्तीकरण, स्थानीय विकास र सामाजिक सद्भावमा समेत सकारात्मक योगदान पुग्ने संस्थाको भनाइ छ।

इप्पानले नेपाल सरकार, सम्बन्धित नियामक निकाय तथा प्रवर्द्धक कम्पनीहरूलाई स्थानीय प्रभावित बासिन्दाको हितलाई प्राथमिकतामा राखी स्थानीयका लागि छुट्याइने सेयर प्रति कित्ता १०० रुपैयाँमै उपलब्ध गराउने नीति निरन्तर कायम राख्न आग्रह गरेको छ।

साथै, साधारण सेयर निष्काशनसम्बन्धी प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउन तथा सेयर निष्काशनमा भइरहेको ढिलाइ अन्त्य गर्न आवश्यक पहल गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।