१७ श्रावण २०८३, आईतवार
,
Latest
‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो कराकोरम हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति एनआरएनए पोर्चुगलको श्रद्धाञ्जली स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी पशुपतिनाथ महा–महोत्सव २०८३: दैनिक धार्मिक कार्यक्रमले बढायो आध्यात्मिक माहोल आन्तरिक पर्यटन व्यवस्थापन र उच्च उचाइको जोखिम न्यूनीकरणमा जोड : मन्त्री रिमाल नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार ब्रड पिक हिम पहिरो : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा



अ+ अ-

काठमाडौं । निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उहाँको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ ।

अन्नपूर्ण-३ दानामा जन्मनुभएका पुर्जाको पाकिस्तानको ‘ब्रड पिक’ आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको थियो । गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनद्वारा आज सार्वजनिक गरिएको सूचनामा पुर्जाको निधनले गाउँपालिका परिवारसहित सिँगो म्याग्दीवासीलाई स्तब्ध र मर्माहत तुल्याएको उल्लेख छ ।

उहाँको निधनप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले सोमबार अत्यावश्यकबाहेक सबै कार्यालय, वडा, स्वास्थ्य संस्था र विद्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको हो । नेपाली पर्वतारोहण क्षेत्रलाई विश्वमाझ नयाँ उचाइमा पुर्‍याउन, नेपाली पर्वतारोहीहरूको पहिचान र गौरवलाई अन्तरराष्ट्रियस्तरमा स्थापित गर्न तथा साहस, नेतृत्व र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्न पुर्जाले पुर्‍याउनुभएको योगदान सदैव स्मरणीय रहने गाउँपालिकाले जनाएको छ ।

पुर्जाको निधनले विश्व पर्वतारोहण समुदायमा अपूरणीय क्षति पुगेको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।