७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

२०८३ वैशाखदेखि साउन १७ सम्म विपद्बाट १ सय ९६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ५४ जनाले ज्यान गुमाए

२०८३ वैशाखदेखि साउन १७ सम्म विपद्बाट १ सय ९६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ५४ जनाले ज्यान गुमाए
अ+ अ-

काठमाडाैँ । २०८३ को वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशका विभिन्न स्थानमा घटेका विपद्का घटनामा परि १ सय ९६ जनाको मृत्यु भएको छ । ४ जना अझै बेपत्ता रहेका छन् ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको बुलेटिनअनुसार यस अवधिमा कूल ४ हजार ५३ वटा विपद्का घटनाहरू दर्ता भएका छन् ।

वैशाख यता ५ हजार १ सय ८८ परिवार प्रभावित भएका छन् । वैशाख १ देखि साउन १७ गतेसम्म ४ हजार ५३ वटा विपद्का घटनामा १ सय ९६ जनाको मृत्यु, ४ जना बेपत्ता र १ हजार २ सय १८ जना घाइते भएका छन् । सर्पदंश विपद्को मुख्य घातक कारण बनेको छ, जसबाट ५४ जनाको ज्यान गएको छ भने ६ सय ६८ जना घाइते भएका छन् । ७ सय १६ सर्पदंशका घटनामा ७ सय १८ परिवार प्रभावित बनेको छ ।

वैशाख १ देखि साउन १७ सम्मको समग्र विपद् अवस्था

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार चालु सिजनमा सर्पदंशबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । सर्पदंशका कुल ७ सय १६ वटा घटनामा ५४ जनाको ज्यान गएको छ भने ६ सय ६८ जना घाइते भएका छन् । यसबाट ७ सय १८ परिवार प्रभावित बनेका छन् । चट्याङका २ सय ३१ वटा घटनामा २५ जनाको मृत्यु र १ सय ३२ जना घाइते भएका छन् । त्यस्तै २ सय ७७ परिवार प्रभावित भएको छ । लेक लाग्ने ५७ वटा घटनामा २२ जनाको मृत्यु र ३६ जना घाइते भएका छन् ।

५६ परिवार प्रभावित भएको छ । त्यस्तै यस अवधिमा पहिरोका ६ सय ८५ वटा पहिरोका घटनामा २० जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता र ३० जना घाइते भएका छन् । ५ सय ८६ परिवार प्रभावित भएका छन् । आगलागीका कुल १ हजार २४ वटा घटनामा परि २० जनाको मृत्यु र १ सय ३९ जना घाइते भएका छन् । १ हजार १ सय ३३ परिवार प्रभावित भएका छन् ।

जनावर आक्रमणका २ सय २५ वटा घटनामा १८ जनाको मृत्यु र १ हजार २ सय २० जना घाइते भएका छन् । ३ सय ४२ परिवार प्रभावित छन् । २ सय बाढीका घटनामा १४ जनाको मृत्यु, ३ जना बेपत्ता र १० जना घाइते भएका छन् । त्यस्तै बाढीबाट ४ सय ५० परिवार प्रभावित भएका छन् । ४ सय ८० हावाहुरीका घटनामा १३ जनाको ज्यान गएको छ भने ६८ जना घाइते भएका छन् । १ हजार ३ सय ५८ परिवार प्रभावित भएका छन् ।

यसबाहेक भारी वर्षाबाट ४ जना, ढुङ्गा पल्टिएर २ जना, वन डढेलोबाट १ जना, हिउँ पहिरोबाट १ जना, विस्फोटनबाट १ जना र अन्य घटनाबाट १ जनाको मृत्यु भएको छ । असिना र भूकम्पका कारण मानवीय क्षति नभए पनि क्रमशः १ र ३ परिवार प्रभावित भएका छन् ।

पछिल्लो २४ घण्टाको घटना विवरण

प्राधिकरणकाअनुसार साउन १७ गते बिहान १० बजेसम्मको २४ घण्टामा देशका २५ स्थानमा (जिल्लागत घटना जोड्दा) कुल ३४ वटा विपद्का घटनाहरू भएका छन् । सर्पदंश ८ जिल्लामा १४ वटा सर्पदंशका घटना छन् । यसबाट १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । सुरक्षाका लागि ५० जना प्रहरी परिचालन गरिएको थियो ।

१० जिल्लामा ११ वटा आगलागीका घटनामा ५ जना घाइते भएका छन् । उद्धार र नियन्त्रणका लागि १८४ जना प्रहरी टोली खटिएका थिए । ४ जिल्लामा ६ वटा पहिरोका घटनामा १ जना घाइते भएका छन् । सडक अवरुद्ध खुलाउन र उद्धारमा १३ जना प्रहरी खटिएका थिए । जनावर आक्रमणका ३ जिल्लामा ३ वटा घटना हुँदा १ जना घाइते भएका छन् । २४ जना प्रहरी परिचालन गरिएको थियो ।

२४ घण्टाको अवधिमा कूल २ सय ७१ जना नेपाल प्रहरी टोली उद्धार तथा सुरक्षाका लागि कार्यक्षेत्रमा खटिएका थिए । पछिल्लो २४ घण्टामा (साउन १६ बिहान १०ः०० देखि १७ बिहान १०ः०० बजेसम्म) ३४ वटा विपद्का घटना भएका छन्, जसमा १ जनाको मृत्यु र २० जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा अनुमानित २७ लाख २५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ भने १८ वटा चौपाया मरेका छन् र २ स्थानमा सडक अवरुद्ध भएको छ ।