१७ श्रावण २०८३, आईतवार
,
Latest
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त नयाँ पुस्ताले अग्रजको योगदान र इतिहासको सम्मान गर्न नसक्नु लज्जास्पदः पूर्वप्रधानमन्त्री नेपाल श्रावण २४ मा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने विविधताबीचको एकता नै राष्ट्रिय एकताको आधार: पूर्व राष्ट्रपति भण्डारी चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग गृहमन्त्री र हिन्दु सम्राट सेनाबीच मौखिक समझदारी, आन्दोलनका कार्यक्रम फिर्ता २०८३ वैशाखदेखि साउन १७ सम्म विपद्बाट १ सय ९६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ५४ जनाले… थाइल्यान्डबाट ११ किलो गाँजा ल्याएको आरोपमा तीन भारतीय नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी



अ+ अ-

काठमाडाैँ । मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो देशको राष्ट्रिय झण्डा फहराइयो । आज यहाँ आयोजित कार्यक्रममा नेपाल तथा भारतका लागि मोरक्कोका राजदूत मोहम्मद मलिकी र वाणिज्यदूत मेघा चौधरीले संयुक्त रूपमा झण्डा फहराउनुभयो ।

त्यस अवसरमा शिष्टाचार महापाल कुमार खरेलले नेपाल–मोरक्को कूटनीतिक सम्बन्धबारे चर्चा गर्दै व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदानप्रदानका माध्यमबाट पारस्परिक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत मलिकीले मोरक्को र नेपाल सम्बन्धलाई अझ उन्नत तुल्याउन आफू क्रियाशील रहेको बताउनुभयो । यसै अवसरमा मोरक्कोको कलासंस्कृतिबारे जानकारी दिने उद्देश्यले ललितपुरमा एकदिवसीय प्रदर्शनी पनि आयोजना गरिएको छ । प्रदर्शनीमा मोरक्कोका परिकार, माटाका परम्परागत सामग्री , त्यहाँका प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी परिचयपुस्तिकालगायत वस्तु राखिएका छन् । रासस