११ श्रावण २०८३, सोमबार
,
Latest
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु दीपक भट्टलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चद्वारा विशेष अदालतसँग कैफियत माग भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित ग्यास जगेडा नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग सङ्घको आग्रह नुवाकोटको तादी गाउँपालिकाको विकास र सेवा विस्तारबारे सञ्चारमन्त्री तिमिल्सिनासँग छलफल झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए : ज्ञानेन्द्र शाही



फाइल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नागढुंगा–सिस्नेखोला सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको विषयलाई लिएर टिप्पणी गर्नुभएको छ।

शाहीले सामाजिक सञ्जालमार्फत ‘हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए’ भन्दै विगतमा राजाको इतिहास मेटाउने र राजाका पालामा निर्माण भएका संरचनासँग जोडिएका नाम तथा इतिहास परिवर्तन गर्नेहरूलाई अहिलेको घटनाले जवाफ दिएको बताउनुभएको छ।

उहाँले विगतमा राजमार्गहरूको नामसमेत परिवर्तन गरिएको उल्लेख गर्दै राजाका पालामा बनेका संरचना र त्यससँग जोडिएको इतिहास योजनाबद्ध रूपमा मेटाउने प्रयास गरिएको दाबी गर्नुभएको छ।

शाहीले अहिले पूर्वप्रधानमन्त्री ओलीको नाम हटाइएको विषयमा दुःख मान्नुपर्ने कुनै कारण नरहेको समेत बताउनुभएको छ। उहाँले इतिहास मेटाउने प्रवृत्तिको परिणाम एक दिन आफ्नै इतिहासमाथि पनि पर्न सक्ने चेतावनी दिनुभएको छ।

आफ्नो भनाइलाई पुष्टि गर्न उहाँले एक पुरानो कथा समेत उल्लेख गर्नुभएको छ। वृद्ध आमालाई डोकोमा बोकेर भीरबाट फाल्न लैजाँदा छोराले डोको भने नराख्न आग्रह गरेको र भविष्यमा बुबा बूढो भएपछि त्यही डोको आवश्यक पर्ने बताएको कथा सुनाउँदै शाहीले इतिहास मेटाउनेहरूले भोलि आफ्नै इतिहास मेटिन सक्ने कुरा सम्झनुपर्ने बताउनुभएको हो।

‘आज अरूको इतिहास मेटाउने पालो तपाईंको होला, तर भोलि तपाईंको इतिहास मेटाउने अर्को कोही तयार भएर बसेको हुन सक्छ,’ शाहीले लेख्नुभएको छ।