३० भाद्र २०८३, मंगलवार
,
Latest
श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान मलेसियाले सन् २०२७ का लागि २५० मेगावाट हरित ऊर्जा कोटा दिने बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छः मुख्यमन्त्री कार्की एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा स्वनिगः विश्वविद्यालयको लक्ष्यमा महानगरपालिका एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा पहिलो पटक हाइड्रोजनबाट चल्ने रेल सेवा शुरु



अ+ अ-

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको पहिलो हाइड्रोजन–सञ्चालित रेलको उद्घाटन गर्नुभएको छ । यो रेल उत्तरी राज्य हरियाणाको ८९ किलोमिटर लामो जिन्द–सोनिपत रुटमा सञ्चालन हुनेछ ।

भारतमा पहिलो पटक स्वदेशमै विकसित हाइड्रोजन इन्धन सेल प्रविधिको प्रयोग गरी रेल सञ्चालन गरिएको हो । यस प्रविधिले हाइड्रोजन इन्धन सेलको माध्यमबाट विद्युत उत्पादन गर्दछ, जसलाई डिजेलबाट चल्ने रेलको तुलनामा स्वच्छ र वातावरणमैत्री विकल्प मानिएको छ ।

यस विकाससँगै भारत हाइड्रोजन रेल सञ्चालन गर्ने चीन, जर्मनी, जापान र अमेरिका जस्ता सिमित देशहरूको समूहमा सामेल भएको छ ।

अधिकारीहरूकाअनुसार यस प्रणालीको मुख्य केन्द्रमा १,२०० किलोवाटको ‘प्रोटोन एक्सचेन्ज मेम्ब्रेन फ्युल सेल’ रहेको छ । यसले हाइड्रोजन र अक्सिजनबीच हुने रासायनिक प्रतिक्रियाबाट विद्युत उत्पादन गर्दछ । यस प्रक्रियामा उप–उत्पादनका रूपमा केवल पानीको बाफ र ताप मात्र उत्सर्जन हुने भएकाले यो रेल यातायातको सबैभन्दा स्वच्छ स्वरूपमध्ये एक हो ।

१० वटा कोच रहेको यस हाइड्रोजन रेललाई अधिकतम ७५ किलोमिटर प्रतिघण्टाको गतिमा सञ्चालन गर्न अनुमति दिइएको छ भने यसको डिजाइन गति ११० किलोमिटर प्रतिघण्टा रहेको छ । यस रेलमा करिब २,६०० यात्रुले यात्रा गर्न सक्ने क्षमता रहेको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल