३० भाद्र २०८३, मंगलवार
,
Latest
श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान मलेसियाले सन् २०२७ का लागि २५० मेगावाट हरित ऊर्जा कोटा दिने बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छः मुख्यमन्त्री कार्की एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा स्वनिगः विश्वविद्यालयको लक्ष्यमा महानगरपालिका एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते



अ+ अ-

काठमाडौँ। भारतको पूर्वी राज्य ओडिसामा बिहीबार एक धार्मिक कार्यक्रमका क्रममा भागदौड मच्चिँदा धेरै व्यक्ति घाइते भएका छन् ।

ओडिसाको पुरी क्षेत्रमा आयोजित वार्षिक धार्मिक उत्सवमा ठूलो संख्यामा श्रद्धालुहरूको उपस्थिति रहेका बेला सो दुर्घटना भएको हो ।

अत्यधिक भीडका कारण स्थिति नियन्त्रणबाहिर गई भागदौड मच्चिएको बताइएको छ । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकैका विभिन्न अस्पतालहरूमा भर्ना गरिएको छ ।

घटनाको विस्तृत विवरण र घाइतेहरूको यकिन संख्या भने हालसम्म प्राप्त भइसकेको छैन । स्थानीय प्रशासनले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।  सिन्ह्वा/ न्युज एजेन्सी नेपाल