१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी मनाईयो आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती- फोटो फिचर



अ+ अ-

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताउनुभएको छ ।

नेपाली शिक्षा परिषद् र भानु माध्यमिक विद्यालयले भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा आज आयोजना गरेको ‘भानु प्रतिमामा माल्यार्पण समारोह’मा उहाँले भाषाका माध्यमबाट नेपाललाई संसारभर जोड्ने काम भानुभक्तले गर्नुभएको उल्लेख गर्नुभयो ।

“जसरी पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गर्नुभयो, त्यसरी नै भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो”, उहाँले भन्नुभयो ।

उहाँले अहिलेको समयमा नेपालको ‘सफ्ट पावर’को रूपमा नेपाली भाषा, धर्म, संस्कृति र सभ्यता नै रहेको उल्लेख गर्नुभयो। संसारको जुनसुकै कुनामा रहेका नेपालीलाई पनि नेपाली भाषाले नै एक–अर्कासँग जोड्ने र आफ्नोपनको महसुस गराउने उहाँको भनाई थियो ।

मन्त्री खनालले भानुभक्त र घाँसीको प्रसङ्ग उल्लेख गर्दै समाजसेवा र देश निर्माणमा हरेक नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

“घाँसीले आफ्नो नाम रहोस् भन्ने भावनाले कुवा खनाएको जस्तै, हामीले पनि समाज र राष्ट्रका लागि केही न केही योगदान दिनुपर्छ”, उहाँले भन्नुभयो। तनहुँको चुँदीमा जन्मिनुभएका मन्त्री खनालले भानुभक्त आचार्यप्रति आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउनुभयो ।

उहाँले भानु जयन्तीले नेपाली भाषा र साहित्यको संरक्षणमा सधैँ प्रेरणा दिइरहने विश्वास व्यक्त गर्नुभयो। नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले भानु माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको भानुभक्तको प्रतिमा नेपालकै पहिलो प्रतिमा भएको बताउँदै यसको ऐतिहासिक महत्व रहेको उल्लेख गर्नुभयो ।

नेपाली शिक्षा परिषद्को अगुवाइमा विसं २०१६ असार २९ गते स्थापना भएको भानुभक्तको उक्त प्रतिमामा हरेक वर्ष माल्यार्पण गर्ने र भानु जयन्ती मनाउने गरिएको छ ।

विसं २०१६ मा स्थापना भएको उक्त प्रतिमाको तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले अनावरण गर्नुभएको थियो । रासस

तस्बिर:प्रदीपराज वन्त