२७ असार २०८३, शनिबार
,
Latest
कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तिब्रः ७५ प्रतिशत भौतिक प्रगति नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प होल्डिङ सेन्टरमा बाढी पस्दा सुकुम्वासीको बिचल्लीः भन्छन्–‘अब नदीमा हाम फाल्नुको विकल्प छैन’ अत्याधिक गर्मीका कारण फ्रान्सको लुभ्र सङ्ग्रहालयको सञ्चालन समय कटौती चीनको प्रसिद्ध ‘हुको छहरा’ मा मुख्य बाढीको सिजन शुरु अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि भारतको राजधानी दिल्लीमा भारी वर्षाका कारण जनजीवन प्रभावित, भवन भत्किँदा ३ जनाको मृत्यु अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको प्रसिद्ध ‘हुको छहरा’ मा मुख्य बाढीको सिजन शुरु



अ+ अ-

काठमाडौँ।  चीनको पहेँलो नदी (येलो रिभर) मा अवस्थित प्रसिद्ध ‘हुको छहरा’ मा यस वर्षको मुख्य बाढीको सिजन शुरु भएको छ ।

माथिल्लो तटीय क्षेत्रमा भएको भारी वर्षा र विभिन्न जलाशयहरूबाट गरिएको पानीको समन्वयात्मक निकासका कारण छहरामा जलस्तर उल्लेख्य रूपमा वृद्धि भएको हो ।

पहेँलो नदीको माथिल्लो क्षेत्रमा लगातारको वर्षासँगै वान्जियाझाइ कजस्ता प्रमुख बाँधहरूबाट पानी छोडिएपछि छहराको स्वरूप थप विशाल र गर्जनपूर्ण बनेको छ ।

जलस्तर बढेसँगै छहराको चौडाइ विस्तार भएको छ भने पानीको बेगका कारण उत्पन्न हुने वाष्पीकरणले वरपरको वातावरणलाई कुहिरोमय बनाएको छ ।

नदीमा बालुवा र माटोको मात्रा बढेका कारण छहराले आफ्नो विशिष्ट स्वर्ण रङ धारण गरेको छ । यो दृश्य अवलोकन गर्न यतिबेला हुको छहरा क्षेत्रमा पर्यटकहरूको आकर्षण बढेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बाढीको उच्च वेगका कारण छहराबाट निस्कने गर्जन टाढैसम्म सुन्न सकिन्छ, जसलाई हेर्न र सुन्नका लागि ठूलो संख्यामा आन्तरिक पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन् ।

चीनको सान्सी र सायान्सी प्रान्तको सीमानामा पर्ने यो छहरा विश्वकै एक मात्र पहेँलो रङको विशाल छहरा मानिन्छ । वर्षायामको सुरुवातमै जलस्तर बढ्ने भएकाले स्थानीय प्रशासनले पर्यटकहरूको सुरक्षाका लागि उच्च शतर्कता अपनाउन निर्देशन दिएको छ ।

छहरा क्षेत्रमा सुरक्षाकर्मीहरूको परिचालन बढाइनुका साथै जोखिमपूर्ण स्थानहरूमा घेराबार गरी निगरानी समेत कडा पारिएको छ ।

बाढी नियन्त्रण र जल व्यवस्थापनका लागि अधिकारीहरूले माथिल्लो तटीय क्षेत्रका जलाशयहरूको निरन्तर अनुगमन गरिरहेका छन् ताकि सम्भावित प्राकृतिक विपत्तिलाई न्युनिकरण गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्न सकियोस् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल