२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन



अ+ अ-

काँक्रेविहार। भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ मा दुई वटा अस्थायी संरचना निर्माण गरेर सवारीसाधन सञ्चालन गरिएको छ ।

पुल निर्माणको ठेक्का हालै भएकाले वर्षायाम सुरु भएसँगै खोलामा पानीको बहाव बढेपछि रिजीगार र उसुम खोलामा अस्थायी संरचना निर्माण गरेर यातायातका साधन सञ्चालन गरिएको करिडोरका आयोजना प्रमुख नरेशकुमार केसरीले जानकारी दिए । रमण निर्माण सेवाले करिडोर आयोजनासँग गत जेठ ७ गते सम्झौता गरेर काम सम्पन्न गरेको थियो ।

खोलामा हुम पाइपदेखि अन्य काम गरिएको कार्यालय प्रमुख केसरीले जानकारी दिनुभयो । हाल यहाँ पुल नहुँदा सिधा डोल्पा जान र आउन समस्या हुने गरेको थियो ।

पुल निर्माणका लागि ठेक्का लगाइएको भन्दै उनले केही दिनमा सम्झौता हुने जानकारी दिए । रिजीगार र उसुम खोलाका साथै अन्य ११ ठाउँमा पुल निर्माणका लागि ठेक्का भएको छ ।