१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र साहले ट्राफिक नियम उल्लंघन गरेको दाबी गर्दै तत्काल कारबाही हुनुपर्ने माग गर्नुभएको छ ।

बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले प्रधानमन्त्री साह र गृहमन्त्री सुधन गुरुङले सिटबेल्ट समेत नलगाई गाडी चलाएर ट्राफिक नियम उल्लंघन गर्दा पनि कारबाही नभएको भन्दै असन्तुष्टि व्यक्त समेत व्यक्त गर्नुभयो ।

नेता शाहीले उक्त ट्राफिक उल्लंघनको घटनाबारे पत्रकारहरुले पनि समाचार नबनाएको गुनासो समेत गर्नुभयो । सम्पती शुद्धिकरणको डरले सञ्चार माध्यामहरुले पनि प्रधानमन्त्री साह र गृहमन्त्री गुरुङले ट्राफिक नियम उलंघन गर्दा पनि समाचार नबनाएको उहाँको जिकिर थियो । नेता शाहीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक नियम उल्लंघन गर्दा कारबाही गरेको दृष्टान्त पेश गर्दै प्रधानमन्त्री साह र गृहमन्त्री गुरुङलाई भने उक्त कारबाही नगरेर सरकारले विभेद गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले आफनो र पराई भनेर छुट्टयाउनु भएन । जस्तै सवारी साधनमा कारबाही गरियो नि त । मुख्यमन्त्री पनि कारबाहीमा परेभने गृहमन्त्री किन नपर्ने ? उहाँले पनि त गाडीमा सिटबेल्ट नलगाई चलाएको भिडियो होलिएको छ नि । प्रधानमन्त्री स्वयमले सिटबेल्ट नलगाई गाडी चलाएको भिडियो त सार्वजनिक छ त । यस विषयमा नेपालको कुनै मिडियाले लेख्न सक्यो त ? किनभने सम्पती शुद्धिकरणको सबैलाई डर छ जस्तो छ । तर हामीलाई छैन । हामी खुलमखुला छानविन गर्नुस भनिराखेका छौ । कारबाही गर्नुपर्दछ । त्यो राम्रो कुरा हो । तर प्रधानमन्त्री र गृहमन्त्रीलाई चाँहि किन कारबाही नगर्ने ? यस्तो गर्दै गइयो भने हिजोको सरकार र आजको सरकारबीच केही फरक हुँदैन है ।’

नेता शाहीले सरकारले कर्णालीको सडक सुधारमा चासो नदिएको गुनासो पनि गर्नुभयो ।