२४ असार २०८३, बुधबार
,
Latest
संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी करेन्ट लागेर कर्मचारीको मृत्यु नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ इजरायल जाने नेपाली श्रमिकका समस्या समाधान गर्न नेपाल–इजरायलबीच छलफल युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने खाद्य सुरक्षा अनुगमन प्रभावकारी बनाउन काठमाडौं महानगरले सञ्चालनमा ल्यायो माइक्रोबायोलोजी प्रयोगशाला प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुइन खोलामा पहिरो रोकथाम सुरु



अ+ अ-

काठमाडौं । आज तुइन खोलामा पहिरो रोकथाम कार्य सुरु गर्नका लागि सम्बन्धित निर्माण कम्पनीलाई डिभिजन सडक कार्यालय, चितवनले सम्झौताका लागि आह्वान भएको छ ।

आगामी १० महिनाभित्र काम सम्पन्न गर्ने गरी रु २२ करोड २१ लाखको लागतमा तुइन खोलामा पहिरो रोकथाम कार्य सुरु गर्न लागिएको हो । खोलामा गइरहने पहिरोका कारण यसअघि यात्रुले सास्ती बेहोर्नुपरेको थियो ।

पहिरोको उच्च जोखिममा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा गत वर्षको असोज ३ र ७ गते ठूलो पहिरो खस्दा १०४ घण्टा सडक अवरुद्ध भएको थियो ।

डिभिजन सडक कार्यालय, चितवनका प्राविधिक अर्जुन घिमिरेले सम्झौताअनुसार छनोट भएको कम्पनीले तुइन खोलामा आगामी दश महिनाभित्रनै पहिरो रोकथामको काम सक्नुपर्ने प्रावधान रहेको जानकारी दिनुभयो ।

घिमिरेले खोलाको नारायणगढतर्फको भित्तोमा रोकथाम गर्न लागिएको पर्खालको लम्बाइ १६५ मिटर र चौडाइ १०५ मिटर रहेको बताउनुभयो । केही वर्ष अघि सडक विस्तारका क्रममा सडक खनिएको काटिएको भित्तामा गत वर्ष एकाएक पहिरो खसेपछि सो स्थान जोखिममा परेको थियो ।

सो सडकखण्डमा जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले पहिरो पन्छाउन मुग्लिन र सेती दोभानमा तयारी अवस्थामा उपकरण राखिएका छन् ।