१३ भाद्र २०८३, शनिबार
,
Latest
शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सञ्चारमाध्यममा भक्तपुर’ पुस्तक सार्वजनिक



अ+ अ-

भक्तपुर। भक्तपुर नगरपालिकाले प्रकाशन गरेको ‘सञ्चार माध्यममा भक्तपुर नपा–भाग २’ पुस्तक आज विमोचन गरेको छ ।

आज भक्तपुर नगरपालिकाले यहाँ आयोजना गरेको पुस्तक सार्वजनिक कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले ‘सञ्चारमाध्यममा भक्तपुर नपा–भाग २’ पुस्तक विमोचन गर्नुभएको हो ।

पुस्तकमा राष्ट्रिय समाचार समिति (रासस)लगायत विभिन्न सञ्चारमाध्यमले भक्तपुर नगरपालिकाबारे प्रकाशित गरेको विभिन्न समाचारको सँगालो रहेको छ । सचिव सुवालले आत्मप्रशंसाभन्दा रचनात्मक आलोचनाले सुधार गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै पुस्तकमा पत्रकारको दृष्टिकोणबाट भक्तपुरका विविध विषय समेटिनु आफैँमा भक्तपुरका लागि सकारात्मक पक्ष भएको बताउनुभयो ।

भक्तपुरको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदाको संरक्षण तथा व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले युरोपको भेटिकन सिटी जस्तै योजनाबद्ध ढङ्गले भक्तपुरको संरक्षण र विकास गर्नुपर्ने सुझाव दिनुभयो ।

सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुस्तकमा यहाँका पत्रकारहरूले आफू कार्यरत सञ्चारमाध्यममा प्रकाशित गरेका समाचारको सँगालो दस्तावेजीकरणका रुपमा राखेको बताउनुभयो ।

उहाँले यस वर्षको एसइई नतिजाले भक्तपुरको शैक्षिक गुणस्तरलाई थप पुष्टि गरेको बताउँदै यस वर्ष भक्तपुर नगरपालिकाभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयबाट १३ जना विद्यार्थीले ४.० जिपिए प्राप्त गरेको र सातवटा विद्यालयले शत्प्रतिशत नतिजा हासिल गरेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४.०० जिपिए प्राप्त गरी उत्कृष्ट नतिजा हासिल गरेका ११ जना विद्यार्थीलाई सम्मान गरिएको बताउनुभयो ।

पुस्तकमाथि भक्तपुर नगरपालिका–५ का वडाअध्यक्ष योगेन्द्रमान बिजुक्छें, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई र भक्तपुर मासिकका सम्पादक लक्ष्मणराज जोशीले पुस्तकबारे समीक्षा प्रस्तुत गर्नुभयो । रासस