२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले आज सांसदलाई ‘डिजिटल प्लेटफर्म’ बारे अभिमुखीकरण दिँदै



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदका गतिविधि, भेटघाट र निर्वाचन क्षेत्रका नागरिकको गुनासा व्यवस्थापनमा सहयोग पुग्नेगरी ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्म विकास गरेको छ । पार्टीलाई डिजिटल बनाउँदै लैजाने प्रक्रियाअन्तर्गत उक्त सिस्टम निर्माण गरिएको रास्वपाले जनाएको छ ।

रास्वपाले प्रतिनिधिसभा सदस्यलाई उक्त प्रणाली र साइबर सुरक्षासम्बन्धी सचेतना गराउने उद्देश्यले शुक्रबार बिहान सिंहदरबास्थित दलको कार्यालयमा बैठक आयोजना गरिएको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उक्त प्रणाली सञ्चालनमा आएसँगै संसद् बैठकलगत्तै हरेक सांसदले आफ्ना गतिविधि अनिवार्य ‘सिस्टम’मा ‘अपडेट’ गराउनुपर्ने उनले जानकारी दिए । उक्त सिस्टमबाट एकअर्कासँग भेटघाटका लागि समय माग गर्न सकिने, संसद्मा बोल्ने विषयवस्तुसमेत सोही सिस्टममा अपडेट हुनुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाटजस्ता कार्यक्रमको जानकारी सोही प्रणालीमा राख्नुपर्ने छ ।