१३ भाद्र २०८३, शनिबार
,
Latest
लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० बुँदे सम्झौताअनुसार चीनमा फलफूल निर्यात गरिने



अ+ अ-

काठमाडौँ । नेपाल सरकारले नेपालमा उत्पादन हुने जुनार र सुुन्तलाजन्य फलफूल चीन निर्यात गर्ने भएको छ । नेपाल र चीनबीच आइतबार भएको २० बुँदे सम्झौताअनुसार जुनार र सुन्तलाजन्य फलफूललाई नेपालले स्वच्छताको प्रमाणपत्र दिएपछि चीन निर्यात गर्न सकिन्छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा।युवकद्धज जिसीका अनुसार नेपालमा जुनार तथा सुन्तलाजन्य फलफूलको ‘कोल्ड ट्रिटमेन्ट’ गरेर क्वारेन्टाइनलले प्रमाणपत्र जारी गरेपछि चीन निर्यात गर्न सकिने भएको छ ।

पहिला अलि झन्झिटिलो थियो । चीनको क्वारेन्टाइनले नेपालको जुनार र सुन्तालालाई स्वच्छ मानिरहेको थिएन । अब नेपालले दिने प्रमाणपत्रको आधारमा स्वीकृत दिने भएको छ, सचिव जिसीले बताए । उनले जुनार र सुन्तला निर्यातका लागि सिन्धुली र रामेछापलाई लक्षित गरेको बताए । चीन निर्यात गर्ने गरी उत्पादन छैन तर अब निर्यातको ढोका खुलेपछि उत्पादनमा जोड दिने सचिव जिसीले बताए । आर्थिक वर्ष २०७३/०७४ देखि जुनार सुपर जोन लागू भएपछि जुनार खेती गर्नेको सङ्ख्या बढेको छ ।

यी जातका अमिलो फलफूल सिट्रस वर्गमा पर्छ । यसको उत्पादन विशेष गरी रामेछाप सिन्धुली, धनकुटा, बैतडी, डोटी, डडेलधुरा, ओखलढुङ्गा, लम्जुङ, पाल्पालगायतका जिल्लामा हुन्छ । कागती, सुन्तला र जुनारजन्य फलफूलको बीमा हुन थालेपछि किसानले केही राहत पाएका छन् । कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेलका अनुसार जुनार सुन्तलाजन्य फलफूलको खेती ४४ हजार ४२४ हेक्टरमा हुन्छ । त्यसमध्ये २५ हजार ९२४ हेक्टरमा मात्र उत्पादन हुन्छ । यो प्रतिहेक्टर साढे नौ मेट्रिक टन उत्पादन हुन्छ । गोरखापत्र दैनिकबाट