१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवका दाईसहित २१ नेता कार्यकर्ता पक्राउ



अ+ अ-

दाङ । दाङबाट २१ जना विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका–४ को मुग्रेटाखोला स्थित जंगलबाट पक्राउ गरिएको हो । त्यहाँ बिप्लवको बैठक भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बिहीबार बिहान १ बजेतिर पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिप्लवका मध्यपश्चिम कमाण्ड इञ्चार्ज तथा बिप्लवका दाइ बिरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन लगायतका नेता तथा कार्यकर्ता छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङमा ल्याइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी बिनोद विक्रम शाहीले बैठक भइरहेको स्थानबाटै उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । ‘बैठक भइरहेको सुचनाका आधारमा जिल्लाबाट नै टोली पठाएर पक्राउ गरिएको छ ।’ उनले भने ‘केन्द्रिय स्तरका नेताहरु नै पक्राउ परेका छन्। पक्राउ परेकाहरुबारे जानकारी संकलन गर्दैछौं । केही समयपछी उनीहरुबारे थप जानकारी दिनेछौं ।’ नयाँ पत्रिका दैनिकबाट