३० श्रावण २०८३, शनिबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना अन्जु पन्त र सुमन कुमारको “ सागरै तरेर” सार्वजनिक बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छाैः मन्त्री पोखरेल



कञ्चनपुर, १२ असार : सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको शुक्रबार आयोजित छैटौँ दीक्षान्त समारोहमा सहभागी विश्वविद्यालयका सहकुलपति तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललगायत अतिथिहरु ।तस्बिर : शेरबहादुर सिंह/रासस
अ+ अ-

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुदुरपश्चिम विश्वविद्यालय टीकापुर आङ्गिक क्याम्पसको अतिक्रमित जग्गा प्रयोगमा ल्याइने गरी काम अघि बढेको बताउनुभएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा उहाँले टीकापुर क्याम्पसको अतिक्रमणमा परेको ३०० बिघा जमिन प्रयोगमा ल्याउन काम सुरु भइसकेको स्पष्ट पार्नुभयो ।

मन्त्री पोखरेलले विश्वविद्यालयको दीक्षित हुने सङ्ख्या विगतको तुलनामा दोब्बर बढेकामा सराहना गर्नुभयो । “यसअघि एक हजार ३०० विद्यार्थी दीक्षित हुनुभएको रहेछ”, उहाँले भन्नुभयो, “अहिले दुई हजार ४०० भन्दा बढी विद्यार्थी दीक्षित हुनुभएको छ ।”

मन्त्री पोखरेलले स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गरिने बताउँदै मन्त्री पोखरेलले भन्नुभयो, “विश्वविद्यालयबाट प्राप्त ज्ञान र सीप दैनिक जीवनमा प्रयोग गर्नुहोला ।”

विश्वविद्यालयका छवटै सङ्कायका स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी तहका विद्यार्थी एकैपटक दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । त्यस अवसरमा उत्कृष्ट नतिजा हासिल गर्ने विभिन्न छात्रछात्रालाई चान्सलर, भाइस चान्सलर, स्वर्ण पदक तथा डिन पदक प्रदान गरियो ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार चान्सलर पदक व्यवस्थापन सङ्कायका निशान्त चन्द र भाइस चान्सलर पदक कृषि विज्ञान सङ्कायका कैलाशराज भट्टले प्राप्त गर्नुभएको छ । उक्त विश्वविद्यालयबाट यसपटक विद्यावारिधि (पीएचडी) गर्ने पहिलो महिला छात्राका रूपमा डा तुलसीकुमारी शर्मासमेत दीक्षित हुनुभएको छ । रासस