३० श्रावण २०८३, शनिबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना अन्जु पन्त र सुमन कुमारको “ सागरै तरेर” सार्वजनिक बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन सम्बन्धी कार्यशाला सञ्चालन गर्न टिकटक र नेपाल पर्यटन बोर्डबीच सहकार्य



अ+ अ-

काठमाडौं। टिकटकले नेपाल पर्यटन बोर्ड (एनटीबी) सँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर, ट्रेकर तथा पर्वतारोहीहरू लाई कन्टेन्ट क्रिएशन र डिजिटल स्टोरीटेलिङसम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले कार्यशालाहरूको शृंखला सुरुवात गरेको छ।

भिजिट नेपाल नाम दिइएको यस पहलमार्फत नेपालका अद्वितीय प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनलाई विश्वभरका दर्शकमाझ पुर्याउने लक्ष्य राखिएको छ। साथै, यसले पर्यटकहरूलाई देशभरी रहेका चर्चित गन्तव्यहरूसँगै ओझेलमा परेका सुन्दर ठाउँहरूको बारेमा पनि जानकारी दिन सहयोग गर्नेछ।

तीन दिनसम्म सञ्चालन हुने यो शृंखलामा नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न सहभागीहरू एकत्रित भएर शर्ट भिडियो क्रिएशन, ऑडियंस एंगेजमेंट, डिजिटल स्टोरीटेलिङ, अडियन्स ग्रोथ, ब्रान्ड कोलाबेरेसन तथा रेस्पोन्सिबल कन्टेन्ट डेभलपमेन्टका उत्कृष्ट अभ्यासहरूको बारेमा सिक्नेछन्। यस क्रममा टिकटकले पर्यटन व्यवसायी, ट्रेकिङ गाइड तथा साना एवम् मझौला उद्यमीहरूलाई आफ्ना सेवा र उत्पादनलाई व्यापक दर्शकमाझ प्रभावकारी रूपमा प्रस्तुत गर्न यस प्लेटफर्मको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिनेछ।

‘डिजिटल प्लेटफर्महरूका कारण मानिसहरूको गन्तव्य, संस्कृति र अनुभव खोज्ने तरिकाहरू बदलिएका छन्। यस्ता प्लेटफर्मको प्रभाव बढ्दै जाँदा कन्टेन्ट क्रिएटरहरूले यात्रा गर्न प्रेरित गर्ने र संसारभरका दर्शकलाई पर्यटकीय गन्तव्यहरूसँग जोड्ने काममा महत्वपूर्ण भूमिका खेलिरहेका छन्।

टिकटकसँगको यो सहकार्य मार्फत हामी पर्यटन व्यवसायी, कन्टेन्ट क्रिएटर र यात्रा गर्न रुचाउनेहरूलाई एकै ठाउँमा ल्याई उनीहरूको स्टोरीटेलिंग क्षमता सशक्त बनाउँदै नेपालमा फैलिँदै गरेको टुरिजम क्रियटर कम्युनिटीलाई सहयोग गर्न चाहन्छौं। यसको प्रमुख उद्देश्य भनेको स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै उनीहरूलाई व्यावसायिक कन्टेन्ट क्रिएटर बन्न आवश्यक पर्ने सीपहरू प्रदान गर्नु हो, जसले अन्तत्वगत्वा डिजिटल अर्थतन्त्रको विकासमा सहयोग पुर्याउँछ,’ नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले भने।

टिकटकले घुम्नका लागि आकर्षक गन्तव्य खोज्ने, लोकल खानाहरू रोज्ने र सांस्कृतिक परम्पराहरूलाई अनुभव गर्ने तरिकाहरूमा व्यापक परिवर्तन ल्याएको छ। नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै नेपालको पर्यटन व्यवसाय, क्रियटर र कम्युनिटीलाई डिजिटल स्टोरीटेलिङ सीपमार्फत सशक्त बनाउन पाउँदा हामी उत्साहित छौं। यसले यहाँको अनुपम सौन्दर्य र समृद्ध सम्पदालाई विश्वसामु पुर्याउन मद्दत गर्नेछ भन्नेमा हामीलाई पूर्ण विश्वास छ,’ दक्षिण एसियाका लागि िकटकका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिर्दौस मोत्ताकिनले भने ।

कार्यशालाहरूमा अन्तरक्रियात्मक लर्निंग सेशनहरु, व्यावहारिक कन्टेन्ट क्रिएशन सम्बन्धी मार्गदर्शन तथा विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफलसमेत हुनेछ।

यसले सहभागीहरूलाई आकर्षक कन्टेन्ट बनाउन र डिजिटल माध्यममार्फत दर्शकसँग अर्थपूर्ण सम्बन्ध विस्तार गर्न महत्वपूर्ण ज्ञान र अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।