३० श्रावण २०८३, शनिबार
,
Latest
गुँला पर्व : धर्म, संस्कृति र पुस्तान्तरणको जीवन्त उत्सव-फोटो फिचर बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड रुपैयाँ खर्च यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना अन्जु पन्त र सुमन कुमारको “ सागरै तरेर” सार्वजनिक बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश



अ+ अ-

काठमाडौँ। ब्राजिल र मोरक्को फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् ।

बिहीबार बिहान सम्पन्न समूह ‘सी’ अन्तर्गतका खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३-० ले तथा मोरक्कोले हाइटीलाई ४-२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेका हुन्।

मियामी स्टेडियममा भएको खेलमा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियरले दुई तथा मथेउस कुन्हाले एक गोल गरे। भिनिसियसले खेलको सातौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

उनले पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल थपेपछि ब्राजिलले २-० को अग्रता बनायो। ६०औं मिनेटमा कुन्हाले गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे।

यस जितसँगै ब्राजिल ७ अंकसहित समूह विजेता बनेको छ। समान ७ अंक भए पनि हेड-टु–हेड आधारमा मोरक्को समूह उपविजेता बनेको हो।

एटलान्टा स्टेडियममा भएको अर्को खेलमा मोरक्कोले हाइटीलाई ४-२ ले हरायो। खेलको १०औं मिनेटमा आत्मघाती गोलमार्फत हाइटीले अग्रता लिएको थियो।

तर ३९औं मिनेटमा मोरक्कोले बराबरी गोल फर्कायो। ४३औं मिनेटमा हाइटी पुनः अग्रता लिन सफल भए पनि पहिलो हाफको इन्जुरी समयमा मोरक्कोले फेरि खेल बराबरीमा ल्यायो।

दोस्रो हाफमा आक्रामक प्रदर्शन गरेको मोरक्कोले ७८औं मिनेटमा पहिलोपटक अग्रता लियो भने ८९औं मिनेटमा अर्को गोल थप्दै ४-२ को जित दर्ता गर्‍यो।

यस नतिजासँगै हाइटी जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। स्कटल्यान्डको भने नकआउट चरणमा पुग्ने झिनो सम्भावना अझै कायम रहेको छ।