३० श्रावण २०८३, शनिबार
,
Latest
गुँला पर्व : धर्म, संस्कृति र पुस्तान्तरणको जीवन्त उत्सव-फोटो फिचर बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड रुपैयाँ खर्च यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना अन्जु पन्त र सुमन कुमारको “ सागरै तरेर” सार्वजनिक बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार



फाइल फोटो
अ+ अ-

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट चालकको उद्धार गरिएको छ ।

बेनी–जोमसोम सडकमा पर्ने महभिरमा साँझ ८ बजेको समयमा गुडिरहेको गाडी भिरबाट खसेको पहिरोले पुरिएका चालकको सुरक्षाकर्मीहरूको टोलीले उद्धार गरेर बेनी अस्पतालमा पठाएको हो ।

घटनास्थलमा रहेका म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार पहिरोमा पुरिएकाले गाडीको नम्बर पहिचान भएको छैन ।

गाडीको चालक सिटमा रहेका ती व्यक्तिलाई अचेत अवस्थामा उद्धार गरिएको हो । उद्दार गरिएका व्यक्तिको पनि पहिचान नखुलेको प्रनाउ कार्कीले बताउनुभयो ।

पहिरोका कारण बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, प्रनाउ कार्की, सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक विमल सिलवालसहित ४० जनाको टोली बेनीदेखि १८ किलोमिटर उत्तरमा पर्ने महभिर पुगेर उद्धार गरेको हो । रासस