१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी



अ+ अ-

नयाँदिल्ली। भारतले संयुक्त राज्य अमेरिकासँग जारी व्यापार वार्तामा भएको प्रगतिलाई सकारात्मक रूपमा लिँदै यसलाई सम्भावित व्यापार सम्झौतातर्फको महत्वपूर्ण कदम भएको जनाएको छ ।

यद्यपि दुवै पक्षबीच केही विषयमा अझै सहमति हुन बाँकी रहेकाले अन्तिम सम्झौता भने सम्पन्न भइसकेको छैन ।

भारतीय वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले भारत भ्रमणमा रहेका अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरसँग दुई दिनसम्म भएको वार्ता रचनात्मक तथा परिणाममुखी रहेको बताउनुभएको छ ।

भारत र अमेरिकाले गत फेब्रुअरीमा प्रारम्भिक समझदारी घोषणा गरेका थिए । त्यसअनुसार अमेरिकाले भारतीय वस्तुमाथिको केही भन्सार दर २५ प्रतिशतबाट १८ प्रतिशतमा झार्ने तथा भारतले विभिन्न औद्योगिक र कृषि उत्पादनमा भन्सार शुल्क घटाउने अपेक्षा गरिएको छ ।

अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक भन्सार नीतिलाई खारेज गरेपछि वार्ताको गति प्रभावित भएको थियो । त्यसपछि वाशिङ्टनले भारतसहित विभिन्न मुलुकविरुद्ध कथित अनुचित व्यापार अभ्यासबारे अनुसन्धान सुरु गरेपछि वार्ता थप जटिल बनेको बताइएको छ ।

भारतीय वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार गोयल र ग्रीरबीच विभिन्न चरणमा विस्तृत छलफल भएको थियो । मन्त्रालयले उक्त भ्रमणलाई जारी व्यापार वार्ताको महत्वपूर्ण उपलब्धिका रूपमा वर्णन गरेको छ ।

दुवै पक्षले अन्तरिम व्यापार सम्झौता छिट्टै अन्तिम रूप दिन सकिने विश्वास व्यक्त गरेका छन् । मन्त्री गोयलले सम्झौताको प्रारम्भिक चरणको करिब ९९ प्रतिशत काम सम्पन्न भइसकेको बताउनुभयो ।

भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले पनि वार्ताकार बाँकी रहेको ‘अन्तिम एक प्रतिशत’ विषयमा सहमति खोज्न केन्द्रित रहेको बताउनुभयो ।

मन्त्री गोयलका अनुसार भारतले अन्य प्रतिस्पर्धी मुलुकको तुलनामा आफ्ना उत्पादनका लागि प्रतिस्पर्धी भन्सार दर सुनिश्चित गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

भारतीय वाणिज्य मन्त्रालयका एक अधिकारीका अनुसार नयाँदिल्लीले निश्चित अवधि पश्चात् दुवै पक्षलाई सम्झौताका प्रावधान पुनरावलोकन गर्न सकिने व्यवस्था समेट्ने प्रस्ताव पनि अघि सारेको छ । रासस