१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीमाथि नेपालमा राजा चाहिन्छ भन्नेको चाहना पूरा गर्ने जिम्मेवारी पनि छः राजेन्द्र लिङदेन



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री बालेन्द्र साहमाथि नेपालमा राजा चाहिन्छ भन्ने चाहनालाई सम्बोधन गर्नुपर्ने जिम्मेवारी रहेको जिकिर गर्नुभएको छ ।

चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

अध्यक्ष लिङदेनले बालेन्द्र साहले नेपालमा राजा ल्याउँछ भनेर जनताले राप्रपालाई भोट नदिई रास्वपालाई मत दिएको दाबी गर्नुभयो । नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपालाई भोट नदिएर बालेनले राजा ल्याउँछ भनेर जनताले भोट दिएकाले उनीहरुको चाहनालाई सम्बोधन गर्नुपर्ने जिम्मेवारी पनि सरकारलाई भएको उहाँको भनाई थियो  ।

अध्यक्ष लिङदेनले भन्नुभयो,‘यो अवसर गुमाउनु भयो भने धोका तपाईको पार्टी र नेतृत्वलाई मात्रै हुने छैन । सिंगो देशलाई हुनेछ । त्यसकारण मेरोआग्रह छ यो मौका पारेर यो जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सक्नुहोस । यो पटकको मतपरिणाम हेर्दा कुन राजनीतिक दर्शनले काम गर्‍यो ? कुन राजनीतिक दलहरुको संगठनले काम ग¥यो ? यो एउटा यस्तो चुनाव भयो, जहाँ जहाँ राजनीतिक दलको संगठनले काम गरेन, पैसाले काम गरेन , आज झण्डै दुई तिहाई मत ल्याउने राजनीतिक दलले अहिले पनि ७७ वटै जिल्लामा अधिवेशन सम्पन्न गरेको छैन । सबै वडामा, गाउँपालिकामा आफनो संगठन बनाईसकेको छैन । तर जनताले उसलाई झन्डै दु्इ तिहाई बहुमत दियो । आज जनता राजनीतिक दलहरुको भन्दा, राजनीतिक दल र संगठन भन्दा अरु एक कदम अगाडि सरेर निर्णय गर्न अग्रसर भएको छ । र यो जनताको विश्वासलाई निराशामा परिणत हुन नदिनुहोस भनेर म मेरो शुभकामना छ ।’

अध्यक्ष लिङदेनले रास्वपाले देश बनाउन पाएको अवसर गुमाए सिंगो मुलुकले धोका पाउने पनि बताउनु भयो ।