१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन राजेन्द्र लिङ्देन चितवन पुगेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष लिङ्देन रास्वपाको निमन्त्रणामा भरतपुर पुगेका हुन्। महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता, प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ।

आजदेखि भरतपुरमा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन लाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ। महाधिवेशनले पार्टीको भावी नीति, संगठनात्मक संरचना तथा नेतृत्व चयनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गर्ने अपेक्षा गरिएको छ।

रास्वपाले पहिलोपटक आयोजना गरेको यस महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको उल्लेखनीय सहभागिता रहेको छ। महाधिवेशन उद्घाटन समारोहलाई विभिन्न राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको बताइएको छ।