२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा समेत झुटो बोल्नुभयोः ज्ञानबहादुर शाही गृह मन्त्रालयलाई थप स्रोत चाहियो, बजेट वृद्धि गर्न गृहमन्त्री गुरुङको आग्रह ‘नामी ओपन हाउस कार्निभल २०८३’ आयोजना हुँदै बिपी अस्पताल सुधार गर्ने प्रतिबद्धता अनुमतिबिनै सञ्चालित ‘मारिया अस्पताल’ बन्द, सञ्चालकमाथि कारबाही प्रक्रिया सुरु ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीको अवरोध कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँका यी १७ ठाउँमा ३ दिनसम्म दैनिक साढे ३ घण्टा विद्युत् आपूर्ति बन्द हुने



अ+ अ-

काठमाडौं। काठमाडौंका विभिन्न ठाउँमा तीन दिन साढे तीन घण्टा विद्ययुत आपूर्ति बन्द हुने भएको छ ।

विद्युत् प्राधिकरणले आज सूचना जारी गर्दै स्यूचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको १३२ केभी लाइनको पुरानो तार बदली गर्न विद्युत आपूर्ति बन्द गर्न लागिएको जनाएको हो।

कुलेश्वर वितरण केन्द्र अन्तर्गतका थानकोट फिडर र सतुंगल फिडरका स्थानमा आपूर्ति बन्द हुने सूचनामा उल्लेख छ। ती क्षेत्रमा जेठ २९, ३० र ३१ गते बिहान साढे ९ बजेदेखि दिउँसो एक बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ।

थानकोट फिडरअन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ को कार्यालय आसपास, बालकुमारी मन्दिर, सशस्त्र प्रहरी बल कार्यालय, सिजी, पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुङ्गेधारा, ब्राईट फ्युचर, बाईछाप, यातायात, दाउरा डिपो, हाईभिजन कोलोनी, पशुविकास, श्रृजना चोक क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने छ।

त्यसैगरी सतुंगल फिडर धौलागिरी गेट आसपास, सिंचाफाँट, शिबमन्दिर आसपासका क्षेत्रमा आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

हेर्नुहोस् सूचना