२७ जेष्ठ २०८३, बुधबार
,
Latest
मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे खुश्बु ओलीलाई ज्यान मार्ने धम्कीबारे अनुसन्धान गर्ने गृहमन्त्री गुरुङको आश्वासन प्रधानमन्त्रीको बिबादित अभिव्यक्ति बारे सदनमा परराष्ट्रमन्त्री शिशिरको स्पष्टीकरण नेपाल–भारत सीमा व्यवस्थापन समूहको बैठक अगस्ट २०२६ मा हुने नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोज्ने सांसद देखेर लज्जित छु : भीष्मराज आङदेम्बे प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले संसदमा के दिए जवाफ ? एमसिए–नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयोः खुश्बु ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले बजेट निर्माण प्रक्रियामा सूचना चुहावट, करका दरमा हेरफेर तथा राज्यलाई अर्बौँ रुपैयाँ राजस्व नोक्सानी हुने सम्भावित विषयमा निष्पक्ष संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटसँग सम्बन्धित अनियमितता वा सूचना चुहावटको आरोप अस्वीकार गरेपछि सांसद शाहीले पारदर्शी र विश्वसनीय छानबिन आवश्यक रहेको बताएका हुन्।

उनका अनुसार नेपालको इतिहासकै ठूलो वित्तीय अनियमितता वा आर्थिक अपराध भएको भए त्यसको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन संसद र संसदीय समितिहरू पूर्ण रूपमा सहयोग गर्न तयार छन्।

शाहीले यदि सबै प्रक्रिया पारदर्शी ढंगले सम्पन्न भएको हो भने संसदीय छानबिन समिति गठन गर्न कुनै हिचकिचाहट हुनु नपर्ने तर्क गर्दै सत्य तथ्य बाहिर ल्याउन स्वतन्त्र छानबिन नै उपयुक्त माध्यम हुने बताएका छन्।

यसैबीच, उनले बजेट निर्माण प्रक्रियामा देखिएको भनिएको अनियमितता र सम्भावित राजस्व क्षतिबारे स्पष्टता ल्याउन संसदीय छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।




न्यूजपोलारबाट थप समाचार
भर्खरै