१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा



अ+ अ-

काठमाडाैँ । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले अर्थमन्त्री वाग्लेको राजीनामा माग गरेको हो । करका दरमा गरेको संशोधनलाई लिएर गम्भीर प्रश्न उठाउँदै उहाँ निष्पक्ष छानबिन नहुँदासम्म वाग्लेले नैतिकताको आधारमा पदबाट अलग रहनुपर्ने बताउनु भयो ।

करका दरमा भएको संशोधनको विषयमा निष्पक्ष छानविन गरी सुशासनको मानक स्थापना गर्न समेत ओलीले सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘करका दरमा गरेको संशोधनको विषय यति गम्भीर भएको छ कि यस विषयमा निष्पक्ष र विश्वसनीय छानविन अपरिहार्य भएको छ । त्यसैले छानविन प्रक्रिया सम्पन्न नहुँदासम्म अर्थमन्त्रीले आफ्नै विवेक प्रयोग गरेर सुशासन कायम गर्नको लागि नैतिकता र निष्पक्षताको हिसाबले आफ्नो जिम्मेवारीबाट पर रहनुपर्छ जस्तो लाग्छ । म अर्थमन्त्रीज्यूलाई एउटा कुरा स्पष्ट गराउन चाहन्छु । अघिल्लो सरकारमा सहभागि हुँदा यही सदनमा भन्नुभएको थियो–शंकरदास किन तीर्थ भट्टराईकै अध्यक्षतामा सुनपानी छर्कने समिति बनाए भइहाल्यो नि । यो समस्या गम्भीर कुशासन र लुटको कुरा छ । संगठित भ्रष्टाचारको कुरा छ । आज सत्तापक्षमा हुनुहुन्छ, अब के गर्नुहुन्छ अर्थमन्त्रीज्यू ? आजपनि सुनपानी छर्किने कि निष्पक्ष छानविन गरेर सुशासनको मानक स्थापना गर्ने ?’

संसदमा प्रश्तुत गरिएको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेभसाइटमा राखिएको आर्थिक विधेकमा करका दरमा एकरुपता नभएको भन्दै अर्थमन्त्री वाग्लेको चर्को आलोचना भइरहेको छ ।




भर्खरै