५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद

लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद
अ+ अ-

काठमाडाैँ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेशभर शान्तिसुरक्षा सुदृढ गर्दै चोरी, तस्करी तथा राजस्व छली नियन्त्रणलाई प्राथमिकतामा राखेर विशेष अभियान सञ्चालन गरेको जनाएको छ ।

खुला सीमा नाकाबाट हुने अवैध आयात, तस्करी र आपराधिक गतिविधि नियन्त्रणका लागि रुपन्देही, कपिलवस्तु, नवलपरासी (पश्चिम), बाँके, बर्दिया, दाङलगायत सीमावर्ती जिल्लामा निगरानी तथा प्रहरी परिचालनलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ ।

सीमा क्षेत्रबाट हुने भन्सार छली, अवैध सामान ओसारपसार तथा राजस्व चुहावट नियन्त्रणका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सञ्चालन गरेको अभियानअन्तर्गत आज बर्दियामा अवैध रुपमा भित्र्याइएका रु ४३ लाख ६१ हजार ८४० बराबरका सामान तथा सवारी साधन बरामद गरेको छ । प्रहरीका अनुसार ती सामग्री बर्दियाको मधुवन नगरपालिका–८ सानोश्री क्षेत्रमा भारतबाट भन्सार छली नेपाल ल्याउँदै गरेको अवस्थामा दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको थियो ।

भारतको बहराइच जिल्लाका २२ वर्षीय रिजवान अन्सारी र २० वर्षीय कलिम खानलाई नियन्त्रणमा लिँदा उनीहरुका साथबाट दुईवटा बोलेरो गाडी, एउटा पल्सर मोटरसाइकल तथा तीन हजार ७९० दर्जन केरा बरामद गरिएको थियो । उक्त सामान तथा सवारीसाधनको अनुमानित मूल्य रु २५ लाख ५९ हजार रहेको प्रहरीले जनाएको छ । मधुवन नगरपालिका–६ मा आजै भारतबाट अवैध रूपमा भित्र्याई गोदाममा लुकाई राखिएको मटर, सुपारी, सुर्ती, चुरोट, बिँडी, माउथ फ्रेसनर, प्लास्टिकलगायत सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय पदमराज चौधरी र कोपिला खत्रीको घरमा भण्डारण गरिएको अवस्थामा बरामद गरिएका ती सामानको मूल्य रु १८ लाख दुई हजार ८४० रहेको छ । बरामद गरिएका सबै सामान तथा सवारीसाधनको आवश्यक अनुसन्धान र कानुनी कारबाही अघि बढाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका लुम्बिनीले जनाएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले कानुन कार्यान्वयन गरी प्रदेशभर सुशासन, शान्तिसुरक्षालाई प्राथमिकतामा राखेर प्रहरीले काम गरिरहेको बताउनुभयो । उहाँले सीमा क्षेत्रबाट हुने चोरी–तस्करी नियन्त्रण, अपराध न्यूनीकरण तथा नागरिकमैत्री प्रहरी सेवामा उल्लेखनीय सुधार ल्याउन प्रहरी प्रतिबद्ध रहेको जानकारी दिनुभयो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले सीमा क्षेत्रमा हुने तस्करी, राजस्व छली तथा अवैध कारोबार नियन्त्रणका लागि विशेष निगरानी र संयुक्त अभियानलाई निरन्तरता दिइएको बताउनुभयो ।

उहाँले अपराध नियन्त्रणसँगै आर्थिक अपराध रोकथाममा समेत प्रहरी केन्द्रित रहेको जानकारी दिनुभयो । यसैबीच, प्रहरीको सक्रिय अभियानप्रति स्थानीय समुदायले समेत सकारात्मक प्रतिक्रिया दिएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष नेतृत्व आचार्यले प्रदेशमा शान्तिसुरक्षा कायम गर्न, चोरी–तस्करी नियन्त्रण गर्न तथा व्यवसायमैत्री वातावरण निर्माण गर्न प्रहरीले प्रभावकारी भूमिका खेलेको बताउनुभयो ।