६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु



अ+ अ-

काठमाडौँ।  दक्षिण लेबनानका विभिन्न क्षेत्रमा इजरायलले गरेको हवाई तथा ड्रोन आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली सेनाले विभिन्न शहर र सवारी साधनलाई लक्षित गरी यी घातक प्रहारहरू गरेको हो ।

आक्रमणको विवरणअनुसार क्लाया शहरमा एउटा गुडिरहेको सवारी साधनलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा एक पुरुष र उनका दुई सन्तानको मृत्यु भएको छ । त्यस्तै, रामादिये शहरमा भएको अर्को ड्रोन प्रहारमा एक जनाको ज्यान गएको छ ।

मङ्गलवार ढिलो गरी डुआयर शहरका आवासीय घरहरूमा भएको इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

एब्बा शहरमा भएको ड्रोन आक्रमणमा एक नागरिकको मृत्यु भएको छ भने एक सिरियाली नागरिकसहित दुई जना घाइते भएका छन्।

यसैगरी, हबौश राजमार्गमा एउटा सवारी साधनमा गरिएको ड्रोन प्रहारमा एक नागरिकको मृत्यु भएको छ भने दुई लेबनानी सैनिक घाइते भएका छन् ।

इजरायली ड्रोनले नबातीह र कफर सिरमा गरेका छुट्टाछुट्टै आक्रमणमा पनि एक–एक जनाको मृत्यु भएको समाचारमा उल्लेख छ ।

यसैबीच, लेबनानी सशस्त्र समूह हिजबुल्लाहले दक्षिण लेबनानमा इजरायली सेना विरुद्ध रातभर श्रृङ्खलावद्ध आक्रमण गरेको जनाएको छ ।

देशको वर्तमान स्थितिबारे टिप्पणी गर्दै लेबनानका राष्ट्रपति जोसेफ आउनले एक विज्ञप्ति जारी गरी द्वन्द्व सुरु भएयता लेबनानमा ३ हजार भन्दा बढी मानिसले ज्यान गुमाएको र १० लाखभन्दा बढी विस्थापित भएको जानकारी दिनुभयो ।

लेबनानको स्वास्थ्य मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रकाअनुसार गत मार्च २ देखि जुन २ सम्मको अवधिमा इजरायली आक्रमणका कारण मृत्यु हुनेको कुल सङ्ख्या ३ हजार ४ सय ६८ पुगेको छ भने १० हजार ५ सय ७७ जना घाइते भएका छन् ।
सिन्ह्वा/न्युज एजेन्सी नेपाल