२७ भाद्र २०८३, शनिबार
,
Latest
चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीमाथि प्रहार भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता ‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य सेवा केन्द्र सञ्चालनले नागरिकलाई सहज



अ+ अ-

भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ कोटमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको छ । यसअघि सामान्य उपचारका लागि समेत टाढा–टाढा धाउनुपर्ने बाध्यता थियो ।

वडाध्यक्ष सूर्यप्रसाद नेपालले नागरिकलाई उपलब्ध गराइने सेवाको दायरा थप विस्तार गर्ने उद्देश्यले प्रसूति केन्द्र सञ्चालनको तयारी गरिएको बताउनुभयो । प्रशुति सेवा सञ्चालनमा आएपछि नागरिकलाई स्वास्थ्य सेवा लिन थप सहजता हुने उहाँको भनाइ छ ।

“चालु आर्थिक वर्षभित्रै प्रसूति सेवा सुरु गर्ने लक्ष्य राखेका छौँ,” वडाध्यक्ष्य नेपालले भन्नुभयो, “यसले विशेषगरी गर्भवतीलाई राहत पाइने छ ।”

भौगोलिक रूपमा विकट मानिने कोट क्षेत्रमा स्वास्थ्य भवन निर्माण गरी नियमित सेवा प्रवाह सुरु भएपछि स्थानीयमा उत्साह थपिएको छ । विगतमा सामान्य उपचारका लागि पनि बिरामीलाई स्टेचर वा डोकोमा बोकेर जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता थियो । अहिले गाउँमै उपचार सेवा उपलब्ध भएपछि त्यो समस्या हटेको  छ ।

स्वास्थ्य सेवा केन्द्र सञ्चालनसँगै अब गाउँमै सुरक्षित मातृत्व, खोप सेवा, नियमित स्वास्थ्य परीक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सहज भएको स्वाथ्य केन्द्रकी अनमी सम्झना खड्काले बताउनुभयो ।

यसले दीर्घकालीन रूपमा मातृ–शिशु मृत्यु दर कम गर्न, रोग नियन्त्रण तथा स्वस्थ समुदाय निर्माणमा मद्दत पुग्ने उहाँको भनाइ छ । स्थानीय प्रेमकुमारी श्रेष्ठले गाउँमै स्वास्थ्य सेवा पाउँदा दैनिक जीवन सहज बनेको बताउनुभयो । रासस