२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटबारे एमालेः ‘नविनताको नाममा अन्यौलता थपियो’



अ+ अ-

काठमाडौँ।  नेकपा (एमाले)की सचिव पद्माकमुारी अर्यालले अगामी आर्थिक वर्षको बजेट कार्यान्वयनयोग्य नरहेको टिप्पणी गर्नुभएको छ ।

सिंहदरबारमा सञ्चारकर्मीसँग प्रारम्भिक प्रतिक्रिया दिँदै सांसद समेत रहेकी अर्यालले यस्तो टिप्पणी गर्नुभएको हो ।

बजेटमा घोषणा गरिएका कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन नगरिएको तथा कार्यान्वयनको आधार समेत दिन नसकको उहाँको भनाइ छ ।

उहाँले अगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नवीनताको नाममा अन्योलता थपेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले अगामी आर्थिक वर्षको बजेटमा पुराना सरकारहरुले ल्याएका कार्यक्रमहरुको नाम परिवर्तन गरेर ल्याएको छ तर ती कार्यक्रमको लागि बजेट छुट्याइएको स्थिति छैन ।

कुनै कार्ययोजना पनि देखिँदैन । निरन्तरता पनि धेरै छैन । नवीनताको नाममा अन्योलता देखिन्छ ।’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार आगामी आर्थिक वर्ष २०८३/८४का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रश्तुत गर्नुभएको थियो । –न्युज एजेन्सी नेपाल