१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका अध्यक्षद्वयबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार छलफल भएको दाहाल सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र दाहालले १४ मंसिरमा हुने उपनिर्वाचन, पार्टी एकताको बाँकी कामलगायतको विषयमा छलफल भएको बताइएको छ ।

दुई अध्यक्षका बीचमा छलफल भए पनि कुनै विशेष निर्णय नभएको नेकपा स्रोतले जनाएको छ । पार्टी तथा सरकार सञ्चालन, उपनिर्वाचन एवं पार्टी एकताको बाँकी काम टुंगो लगाउने विषयमा सामान्य छलफल भएको हो । तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा ३ जेठ २०७५ मा पार्टी एकता भए पनि पोलिटब्युरो, आयोग गठनको काम अझै टुंगो लागेको छैन ।

एकताको बाँकी काम कसरी टुंगो लगाउने र पार्टीले सशक्त रूपमा अगाडि बढाउने विषयमा छलफल भएको छ । पोलिटब्युरो गठनका साथै अनुशासन, लेखा, निर्वाचत गरी तीन आयोग अहिले गठन हुन सकेको छैन । यस्तै, ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्न अझै बाँकी नै रहेको छ । राजधानी दैनिक