४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानको संवद्र्धित युरेनियम नष्ट गर्ने विकल्पबारे अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा



अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको संवद्र्धित युरेनियम नष्ट गर्ने विभिन्न विकल्पहरूका बारेमा जानकारी दिनुभएके छ ।

पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानले उक्त युरेनियम अमेरिकालाई हस्तान्तरण गरेपछि, सोही स्थानमा वा अन्य कुनै ‘स्वीकार्य स्थान’मा त्यसलाई नष्ट गरिने बताउनु भयो ।

यद्यपि, ट्रम्पले कति परिमाणको युरेनियम नष्ट गरिने हो भन्नेबारे कुनै स्पष्ट जानकारी दिनुभएको छैन । अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए) ले यसअघि नै विभिन्न निरीक्षण संयन्त्रमार्फत इरानको आणविक गतिविधिहरूको नियमित अनुगमन गर्दै आएको छ ।

यसै सन्दर्भमा, इरानको अर्ध–सरकारी समाचार संस्था तस्निमले तेहरान आफ्नो संवद्र्धित युरेनियम विदेश पठाउन सहमत भएको भन्ने दाबीको खण्डन गरेको छ ।

साउदी अरबको ‘अल हदथ’ टेलिभिजनले इरान आफ्नो क्षेत्रबाट उच्च संवर्धित युरेनियम हटाउन तयार रहेको भनी समाचार प्रशारण गरेपछि तस्निमले त्यसको कडा शब्दमा प्रतिवाद गरेको हो । तस्निमले तेहरान र वासिङ्टनबीच हुनसक्ने सम्भावित समझदारी पत्रका बारेमा सार्वजनिक विवरणहरू असत्य भएको उल्लेख गरेको छ ।

अर्कोतर्फ, द वासिङ्टन पोस्टले एक इरानी अधिकारीलाई उद्धृत गर्दै सम्भावित सम्झौताका केही शर्तहरू उल्लेख गरेको छ ।

जसअनुसार प्रस्तावित सम्झौताको पहिलो चरणमा अमेरिकाले रोक्का राखेको इरानको १२ अर्ब अमेरिकी डलर बराबरको सम्पती फुकुवा गर्ने, हर्मज जलडमरूमध्यमा बिछ्याइएका सुरुङ हटाउने कार्य शुरु गर्ने र अमेरिकी नाकाबन्दी अन्त्य गर्ने विषय रहेका छन् ।

यद्यपि यो सम्झौता आणविक सम्झौताको हिस्सा भने नभएको ती इरानी अधिकारीले स्पष्ट पारेका छन् । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल