५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जामन्त्री श्रेष्ठद्वारा स्युचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको निरीक्षण



अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली तथा सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को निरीक्षण गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले आज साँझ स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली तथा सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले मुलुकको समग्र विद्युत् प्रणालीको सञ्चालन, ग्रिडको विद्युत् आपूर्ति व्यवस्थापन र छिमेकी मुलुकसँग भइरहेको अन्तरदेशीय विद्युत् खरिद बिक्रीको वर्तमान अवस्थाबारे जानकारी लिनुभएको थियो ।

निरीक्षणका क्रममा भार प्रेसण केन्द्रका प्रमुख चन्दन घोषले नेपालको विद्युत् माग र आपूर्तिको सन्तुलन, प्रणालीमा आउने प्राविधिक चुनौती र भारतसँग भइरहेको विद्युत् आयात–निर्यातको प्राविधिक पक्षबारे मन्त्री श्रेष्ठलाई अवगत गराउनुभएको थियो ।

निरीक्षणपछि मन्त्री श्रेष्ठले देशको ऊर्जा सुरक्षा र भरपर्दो विद्युत् आपूर्तिका लागि प्रणालीको सुदृढीकरण अनिवार्य रहेको बताउनुभयो । उहाँले आन्तरिक खपत बढाउँदै बढी भएको विद्युत् निर्यात गरी आर्थिक लाभ लिन र हिउँदको समयमा हुने विद्युत् मागलाई कुशलतापूर्वक व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।

विद्युत् प्रणालीलाई थप आधुनिक र प्रविधिमैत्री बनाउँदै सम्भावित प्राविधिक जोखिम न्यूनीकरण गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।

उक्त निरीक्षणमा मन्त्री श्रेष्ठसँगै नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको सहभागिता रहेको थियो । रासस




भर्खरै