७ श्रावण २०८३, बिहीबार
,
Latest
उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान शैक्षिक परामर्श नियमावलीमा देखिएका त्रुटी सच्याउन सरकार तयार पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड गण्डकीका दुई मन्त्रालयको वार्षिक प्रगति समीक्षा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश ‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’ एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक जग्गा संरक्षणमा ऐक्यवद्धताः मजदुर संगठनद्वारा आफ्नै संरचना हटाउन शुरु



अ+ अ-

काठमाडौँ। सार्वजनिक जग्गा संरक्षण गर्ने पोखरा महानगरपालिकाको अभियानलाई समर्थन गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघले आफ्ना भौतिक संरचनाहरू हटाउन शुरु गरेको छ ।

महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना खाली गर्न ३५ दिने सूचना जारी गरेपछि महासंघले पोखरा–९ स्थित सार्वजनिक जग्गामा बनेका भवनहरू आफैँले भत्काउन थालेको हो ।

अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीका अध्यक्ष रुद्र गौतमकाअनुसार सार्वजनिक जग्गाको संरक्षण हुनुपर्ने र कानुनको पालना आफैँबाट शुरु गर्नुपर्ने मान्यताका साथ यो कदम चालिएको हो ।

महासंघले आफ्नै उपकरण र जनशक्तिको प्रयोग गरी संरचनाहरू हटाउन थालेको छ । महानगरले दिएको ३५ दिने म्याद समाप्त हुनु अगावै महासंघले आफ्ना संरचनाहरू हटाएर उदाहरणीय कार्य प्रश्तुत गरेको छ ।

यसैबीच, महासंघले सार्वजनिक जग्गामा बनेको एउटा पक्की भवन भने नभत्काई पोखरा महानगरपालिकालाई नै हस्तान्तरण गर्ने निर्णय गरेको छ । हाल भाडाको घरबाट सञ्चालन भइरहेको पोखरा महानगरपालिका वडा नं. ९ को कार्यालय उक्त भवनमा सार्न उपयुक्त हुने महासंघको ठहर छ ।

उहाँले भन्नुभयो, ‘पोखराका विभिन्न सार्वजनिक जग्गामा थुप्रै सङ्घसंस्थाका भवनहरू बनेका छन्, ती सबै हट्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा थियो । महानगरको अभियानलाई पूर्ण रूपमा सहयोग पु¥याउन हामीले आफ्नै संरचनाबाट यसको शुरुवात गरेका हौँ ।’

सार्वजनिक जग्गामा रहेका अन्य सङ्घसंस्थाहरूलाई पनि आफ्ना संरचना हटाएर महानगरको अभियानमा सहयोग गर्न महासंघले आग्रह गरेको छ । –न्युज एजेन्सी नेपाल