२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा बलियो स्कटल्यान्ड छ विकेटले पराजित, नेपाल पाँचाैं स्थानमा उक्लियो



अ+ अ-

काठमाडौं: नेपालले विश्वकप लिग २ मा निकै बलियो टिम मानिएको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा आज भएको एक दिवसीय खेलमा स्कटल्यान्डले दिएको १९५ रनको लक्ष नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले अविजित सर्वाधिक ७४ रन बनाए, र उनी अन्तिमसम्म आउट भएनन् । कूल ९८ बल सामना गरेका उनले २ छक्का र ५ चौका प्रहार गरेका थिए ।

इशान पाण्डेले ५५, कुशल भुर्तेलले २८ तथा आशिफ सेखले २९ रन बनाएका थिए । दिपेन्द्र सिंह ऐरीले २ रन बनाए ।

आरिफ शेख ८ रनमा अविजित रहे ।

यसअघि, टस जितेर फिल्डिङ रोजेको स्कटल्यान्डलाई नेपाली बलरहरुले कसिलो बलिङ गर्दै १९४ रनमा रोकेका थिए । नेपालका लागि ललित राजवंशीले ४ तथा सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । त्यस्तै, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले एक एक विकेट लिए ।

यो जितसँगै नेपालले विश्वकप लिग २ मा २२ अंक सहित पाँचौं स्थानमा उक्लेको छ । नेपालले यसअघि चालू शृंखलामा अमेरिकालाई पराजित गरेको थियो ।