२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट ब्रान्ड नुडल्सको ‘व्याच ०४ए’ बजारबाट तत्काल फिर्ता गर्न निर्देशन



अ+ अ-

काठमाडौँ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री वितरण भइरहेको एक खाद्य वस्तु फिर्ता गर्न आदेश जारी गरेको छ।

विभागको बबरमहलस्थित कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुनाको प्रयोगशाला परीक्षणपछि उक्त निर्णय गरेको हो।

प्रयोगशाला परीक्षणमा “करेन्ट” ब्रान्डको १०० ग्राम तौलको नुडल्स (व्याच नम्बर 04A) मा नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्डअनुसार एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नभेटिएको पाइएको विभागले जनाएको छ।

उक्त उत्पादन यशोधा फुड्स प्रा.लि., तिलोत्तमा नगरपालिका–१५, रुपन्देहीमा उत्पादन भएको हो। उत्पादन मिति २०२६ फेब्रुअरी २३ र उपभोग्य मिति १२ महिना रहेको विवरणमा उल्लेख छ।

मापदण्डअनुसार गुणस्तर पूरा नगरेको पाइएपछि सोही व्याच नम्बरका सबै उत्पादनहरू तत्काल बजारबाट फिर्ता गर्न तथा बिक्री–वितरण नगर्न/नगराउन विभागले निर्देशन दिएको छ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम उक्त आदेश जारी गरिएको र सोही दफाको उपदफा (४) अनुसार बिक्री वितरण रोक्न सम्बन्धित पक्षलाई निर्देशन दिइएको जनाएको छ।