२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुणस्तर मापदण्ड नपुगेपछि ‘ज्याक न्याक क्र्याकर्स’ बिक्री वितरणमा रोक



अ+ अ-

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड विपरीत उत्पादन भएको भन्दै एक ब्रान्डको बिस्कुट बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।

 विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा ‘ज्याक न्याक क्र्याकर्स’ नामक बिस्कुटमा नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूप एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नपाइएको जनाएको हो ।

विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम उक्त उत्पादनको सम्बन्धित ब्याच बजारबाट तत्काल ‘रिकल’ गर्न आदेश जारी गरिएको छ । साथै, ऐनको दफा ३८(४) अनुसार सो उत्पादनको बिक्री वितरण नगर्न तथा नगराउन पनि निर्देशन दिइएको विभागले जनाएको छ ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार ७५ ग्रामको ‘ज्याक न्याक क्र्याकर्स’ बिस्कुटको ब्याच नम्बर ६ रहेको छ । उक्त उत्पादनको उत्पादन मिति २०२५ डिसेम्बर ११ उल्लेख गरिएको छ भने उपभोग्य अवधि ९ महिना रहेको जनाइएको छ ।

उक्त बिस्कुट एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा. लि. ले उत्पादन गरेको हो । विभागले उपभोक्तालाई उक्त ब्याचको उत्पादन प्रयोग नगर्न आग्रह गरेको छ ।