काठमाडाैँ । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विगतको कार्यसम्पादन समीक्षा गर्दै समितिको अगामी कार्यदिशाबारे छलफल गरेको छ ।
सोमवार सिंहदरबारमा बसेको बैठकले समितिको कार्यसम्पदानको समिक्षाका साथै अगामी कार्यदिशाबारे छलफल गरेको समिति सभापति रहबर अन्सारी बताउनुभएको हो ।
उहाँकाअनुसार बैठकमा समितिका पूर्वसभापति अब्दुल खानसँग अनुभवका साथै सुझाव समेत लिइएको छ । बैठकमा समिति सदस्यहरूले विगतका निर्णय कार्यान्वयन, अनुगमनको प्रभावकारिता तथा उपभोक्ता हितसँग सम्बन्धित मुद्दाबारे जिज्ञासा राखेको बताउनु भयो ।
सभापति अन्सारीले पहिलो बैठक भएकाले कार्यसम्पादनको समिक्षा र कार्ययोजना स्पष्ट पार्ने उद्देश्यमा छलफल केन्द्रित भएको बताउनु भयो











