७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

संस्थागत कब्जा र नीतिगत सेटिङ अन्त्य गर्न सरकार अघि बढिरहेको छ : अर्थमन्त्री वाग्ले

संस्थागत कब्जा र नीतिगत सेटिङ अन्त्य गर्न सरकार अघि बढिरहेको छ : अर्थमन्त्री वाग्ले
अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा लामो समयदेखि जरा गाडेर बसेको संस्थागत कब्जा, नीतिगत सेटिङ र राजनीतिक–व्यवसायिक अपवित्र गठजोड अन्त्य गर्न वर्तमान सरकार सक्रिय रूपमा अघि बढिरहेको बताउनुभएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले विगतमा भएका आर्थिक दोहन र लुटतन्त्रसम्बन्धी प्रतिवेदनहरू अध्ययन गर्दा आफू स्तब्ध हुने गरेको उल्लेख गर्नुभयो । उहाँका अनुसार ती प्रतिवेदनहरूले राज्य संरचनाभित्र गहिरो रूपमा फैलिएको बेथिति र अनियमितताको चित्रण गर्छन्, जसलाई अब अन्त्य गर्नु अनिवार्य छ ।

उहाँले ‘एलिट’ वर्गले लामो समयदेखि राज्यका निकायहरू कब्जा गर्दै नीतिगत रूपमा आफ्नै स्वार्थअनुसार प्रणाली सञ्चालन गरेको आरोप लगाउँदै त्यस्तो प्रवृत्ति तोड्न सरकार दृढ रहेको बताउनुभयो । निजी क्षेत्रलाई सम्बोधन गर्दै उहाँले विगतका गल्तीहरू दोहोरिन नदिन र अपराधीलाई संरक्षण नगर्न आग्रह पनि गर्नुभयो ।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रका केही पक्षमा सरकार कठोर बन्न खोजिरहेको हो कि भन्ने आशंका देखिए पनि त्यस्तो नभएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार वर्तमान सरकार “फोहोर सफा गर्ने” अभियानमा रहेको र त्यसलाई विवेकपूर्ण र सावधानीपूर्वक अघि बढाइनेछ ।

उहाँले एक व्यवसायीले आफूलाई दिएको पुरानो अनुभव उल्लेख गर्दै नेपालको कानुनी संरचनाले इमानदार व्यक्ति पनि गलत बाटोमा धकेलिन सक्ने अवस्था रहेको बताउनुभयो । त्यसैले अब कानुन र प्रणालीमा सुधार आवश्यक रहेको उहाँको जोड थियो ।

वाग्लेले इमानदार उद्यमीलाई प्रोत्साहन गर्ने वातावरण निर्माण सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै कर तिर्ने, रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रलाई मजबुत बनाउने निजी क्षेत्रलाई राज्यले संरक्षण गर्ने बताउनुभयो ।

प्रधानमन्त्रीको सुशासनप्रतिको प्रतिबद्धता उल्लेख गर्दै उहाँले काठमाडौं महानगरमा बालेन्द्र साह नेतृत्वको कार्यकालमा ठूलो बजेट परिचालन भए पनि कुनै ठूला अनियमितता नदेखिनु सकारात्मक उदाहरण भएको टिप्पणी गर्नुभयो ।

अर्थमन्त्रीले आगामी बजेटमा निजी क्षेत्रमैत्री नीतिहरू स्पष्ट रूपमा प्रस्तुत हुने संकेत पनि दिनुभयो । लगानी आकर्षित गर्ने, निजी सम्पत्तिको सुरक्षा सुनिश्चित गर्ने तथा कर प्रणालीलाई सरल र झन्झटमुक्त बनाउने दिशामा सरकार अघि बढ्ने उहाँको भनाइ छ ।

उहाँले वर्तमान सरकारको उद्देश्य नयाँ र स्वच्छ आर्थिक सुरुवातको संकेत दिनु रहेको उल्लेख गर्दै यो परिवर्तन केहीका लागि पीडादायी हुन सक्ने भए पनि देशको दीर्घकालीन हितका लागि आवश्यक रहेको बताउनुभयो ।