१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाले प्रभावित खेलमा ओमानसँग नेपाल पराजित



अ+ अ-

काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल १०२ रनले पराजित भएको हो । जितका लागि ३०६ रनको लक्ष्य पछ््याएको नेपाल ३६ दशमलव ५ ओभरमा सात विकेट गुमाएर १५५ रन बनाउँदा वर्षा भएपछि खेल रोकिन पुगेको थियो । त्यसपछि पनि वर्षा नरोकिएपछि खेल सञ्चालन हुन सकेन र ‘डिएल मेथड’का आधारमा ओमान विजयी भएको हो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० रनको योगदान दिए । उनले ६२ बलमा सात चौका र एक छक्का प्रहार गर्दै ६० रनको योगदान दिएका हुन् । त्यसैगरी भीम सार्कीले २८, आसिफ शेखले १९ रनको योगदान दिए भने आरिफ शेख र गुल्सन झाले समान १४÷१४ रन जोडे । कप्तान रोहित पौडेलले १० रनमा आउट भए ।

बलिङतर्फ ओमानका नदिम खानले तीन विकेट लिँदा शाकिल अहमदले दुई विकेट लिए । त्यसअघि टस जितेर जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको योगफल बनाएको थियो ।

ओमानको इनिङ्सका जतिन्दर सिंहले आक्रामक शैलीमा ९६ बलमा १५ चौका र ५ छक्का प्रहार गर्दै १३० रनको शानदार शतक पूरा गरे । उनीसँगै मध्यमक्रममा जितेन रमणन्दीले ४३ रन बनाए भने आर्यन विष्टले ३५ रन जोडे । त्यस्तै हमाद मिर्जा ले ३० रन जोड्दा आशिष ओडेदाराले २३ रन बनाए । अन्तिम ओभरहरूमा विनायक शुक्लाले २३ रन थपे भने वसिम अली १२ रनमा अविजित रहे ।

बलिङतर्फ नेपालका सोमपाल कामीले ९ ओभरमा ५९ रन खर्चेर ४ विकेट लिए । सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २÷२ विकेट हात पारे ।

नेपाल, युएई र ओमानबीचको एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालको यो आज दोस्रो खेल हो । यसअघि भएको पहिलो खेलमा भने नेपालले युएईलाई हराएको थियो । अब नेपालले यही वैशाख १८ गते युएईसँग खेल्नेछ ।