१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुञ्ज

पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुञ्ज
अ अ+ अ-

काठमाडौं । नेपालमा पाइने रैथाने हात्तीको प्रमुख वासस्थान मानिएको पर्सा राष्ट्रिय निकुञ्जमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

प्राकृतिक सुन्दरतासँगै वन्यजन्तुको गर्न सकिने जैविक विविधताको धनि मानिएको सो निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटकहरु आउने क्रम बढेको हो । पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई गत २०७४ सालमा नेपालको १२ औँ निकुञ्जको रुपमा घोषणा गरिएको थियो ।

पर्सासहित बारा र मकवानपुर जिल्लासँग जोडिएको सो निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको लागि खुल्ला गरिएको छ । “विगतको भन्दा अहिले निकुञ्जमा आन्तरिक तथा छिमेकी मुलुक भारतका पर्यटकहरु क्रम बढेको छ”, निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले भने, “बाह्यभन्दा आन्तरिक पर्यटक धेरै आउने गरेका छन् ।”

उनका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को नौ महिनाको अवधिमा ४१३ जना पर्यटक आएका छन् । निकुञ्ज घुम्न आउने पर्यटकहरुमा सार्क मुलुकका १४ जना र सार्क बाहिरका एक जना विदेशी पर्यटक रहेको सूचना अधिकारी भगतले बताए  ।

“सरदर वार्षिक एक हजारको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्न आउने गरेका छन्”, सूचना अधिकारी भगतले भने, “खासगरी कात्तिकदेखि चैत महिनासम्म बढी पर्यटक आउँछन्, वर्षा मौसम सुरु भएपछि बन्द हुन्छ । वैशाखदेखि असोज महिनासम्म पर्यटक खासै आउँदैन्”, उनले भने ।

निकुञ्जभित्र ऐतिहासिक तथा प्राचीन माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिरजस्ता धार्मिकस्थल छन् भने कामिनी दह, हलखोरिया दह र लौकी दहजस्ता प्राकृतिक तथा मनोरम दहहरु पर्यटकको प्रमुख आकर्षणको केन्द बनेको हो ।

“निकुञ्जभित्रको हरियाली मनोरम दृश्य र वन्यजन्तुहरुले पर्यटकलाई लोभ्याइरहेको छ”, स्थानीय सुभाष बुढाथोकीले भने, “यहाँ आउने पर्यटकहरु निकुञ्जभित्र घुम्ने र हात्ती सफारी गर्ने गर्छन् ।”

पानीको मुख्य समस्या देखिएको निकुञ्जभित्र पानीको सहजका लागि ठाउँठाउँमा कृतिम पोखरी निर्माण गरेसँगै ती पोखरीहरुमा ट्याङ्करबाट पानी हालेपछि पाटेबाघसहितका वनजन्तुहरुको सङ्ख्यासमेत वृद्धि भएको छ । निकुञ्जको पछिल्लो गणनाअनुसार निकुञ्जमा पाटेबाघको सङ्ख्या ४१ पुगेको छ ।

निकुञ्जले प्राकृतिक रुपमा कृतिम पोखरी निर्माण गरेपछि निकुञ्जमा वन्यजन्तुको सङ्ख्या बढ्दै गएको निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाले बताए ।

कूल ६२७ दशमलव ३९ वर्गकिलोमिटर क्षेत्रफमा फैलिएको सो निकुञ्जभित्र दुर्लभ पाटेबाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरीगाईजस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतलीहरूको वासस्थान छ ।

निकुञ्ज घुम्न आउने पर्यटकहरूको अवलोकन र घुमफिरका लागि निकुञ्जको जङ्गलभित्र एक दर्जन ‘भ्यु टावर’ समेत बनाइएको छ । यसैगरी पर्यटकलाई जङ्गल सफारी गर्न निकुञ्जको हात्तीसारमा एक दर्जन हात्ती राखिएका छन् । निकुञ्जभित्र ‘फायर–लाइन’ पनि भएकाले हात्तीको जङ्गल सफारी गर्न नचाहने पर्यटकले आफ्नो निजी सवारीमा जङ्गल सफारी गर्नसक्ने व्यवस्थासमेत मिलाइएको प्रमुख खतिवडाको भनाइ छ ।

निकुञ्जभित्र आउने नेपाली पर्यटकका लागि रु १००, सार्क मुलुकभित्रका पर्यटकका लागि रु ७५० र विदेशी पर्यटकका लागि रु एक हजार ५०० प्रवेश शुल्क निर्धारण गरिएको छ ।

यस्तै जिप सफारीका लागि रु दुई हजार ५०० र गाईडका लागि वार्षिक रु एक हजार ५०० शुल्क तोकिएको प्रमुख खतिवडाले बताए । निकुञ्जलाई मधेस प्रदेशकै पर्यटकीय गन्तव्य बनाउन निकुञ्ज कार्यालयले आवश्यक भौतिक पूर्वाधारको निर्माणसँगै प्रचारप्रसारलाई समेत प्राथमिकतामा राखेको जनाएको छ ।