१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदी किनारामा रहेका सुकुम्बासी बस्ती हटाउने क्रम जारी



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । काठमाडौँ उपत्यकाको नदी किनारा क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाउने क्रम जारी रहेको छ । सरकारले सुकुम्बासी हटाउने क्रमलाई सोमवार पनि जारी राखेको हो । सोमवार गरिगाउँ र मनोहरा नदी किनार क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा डोजर लगाइएको छ । सरकारले शनिवारबाट सुकुम्वासी बस्ती हटाउन सुरू गरेको थियो ।

काठमाडौंको थापाथली, गैरीगाउँ र मनोहरा किनार क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाएर त्यहाँ बसोबास गर्दै आएका परिवारलाई दशरथ रंगशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा राखि विवरण टिप्ने तथा स्क्रिनिङको कार्य पनि सँगै भइरहेको छ ।

स्क्रिनिङपछि वास्तविक सुकुम्बासीको पहिचान गरि उनीहरूलाई शहरी विकास मन्त्रालय तथा मातहतका निकायहरूले व्यवस्था गरेका विभिन्न स्थानका भवनहरूमा खाने–बस्ने सुविधासहित अस्थायी रूपमा स्थानान्तरण गरिने जनाइएको छ ।

सरकारले नदी किनार तथा सार्वजनिक जग्गामा बनेका अव्यवस्थित बस्ती हटाउने अभियानअन्तर्गत शनिवार र आईतवार थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका बस्ती हटाएको थियो भने हटाउन बाँकी रहेको क्षेत्रहरुमा सोमबार पनि हटाउने कार्य जारी राखेको छ ।