१ आश्विन २०८३, बिहीबार
,
Latest
प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ‘ए’ सँग ओमान पराजित



अ+ अ-

काठमाडौँ। ओमानसँगको दुई खेलको एक दिवसीय शृङ्खलामा आज नेपाल ए विजयी भएको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ‘ए’ ले ओमानलाई ११५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

यसँगै दुई खेलको उक्त शृङ्खला १-१ को बराबरीमा सकिएको छ । बिहीबार भएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’ लाई ७० रनले पराजित गरेको थियो । आज नेपाल एले ओमानलाई २८५ रनको चुनौती दिएको थियो । जवाफमा ओमान ३६ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १६९ रनमा समेटियो । ओमानका लागि मुजिबुर अलीले सर्वाधिक ४३ रन बनाए । त्यस्तै जितेन रामानन्दीले २४ र विनायक शुक्लाले २१ रन जोडे ।

ओमानलाई १६९ रनमा समेट्ने क्रममा नेपाल एका लागि युवराज खत्रीले तीन विकेट लिए भने हेमन्त धामी, आकाश चन्द र शेर मल्लले समान दुई विकेट झारे । त्यस्तै सन्तोष यादवले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल एले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २८४ रन बनाएको थियो । नेपालका लागि इशान पाण्डेले सर्वाधिक ६९ रनको योगदान दिए । त्यसैगरी देव खनाल ६४, कुशल मल्ला ५७, सन्दीप जोरा ४२, सन्तोष यादव १५ तथा अर्जुन कुमाल १३ रनमा आउट भए ।

शनिबारदेखि सुरु हुने आइसिसी विश्वकप क्रिकेट लिग-२ खेल्न ओमान नेपाल आएको हो । सोही प्रतियोगिताको तयारी स्वरुप ओमानले नेपाल एसँग अभ्यास खेल खेलेको हो ।

विश्वकप लिग-२ मा शनिबार नेपाल र संयुक्त अरब इमिरेट्स आमनेसामने हुनेछन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने उक्त खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।  रासस