१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘काठमाडौं नेचुरोपेथी अस्पताल’ सञ्चालनमा आयो, यस्ता छन् सुविधाहरु…



अ+ अ-

काठमाडौं । ‘काठमाडौं नेचुरोपेथी अस्पताल’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । आइतबार एक समारोहबीच उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेसँगै बसुन्धरामा रहेको अस्पताल सञ्चालनमा आएको हो । अस्पताल उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले आफू प्रतिनिधि भएको क्षेत्रमा खुलेको अस्पतालले सेवामूलक भएर जनताकै सेवा गर्ने विश्वास व्यक्त गरे । ‘अस्पतालले सेवाग्राहीसामु जेजति सेवा उपलब्ध गराउने कबुल गरेको छ, त्यसमा कुनै कमजोरी नहुने विश्वास छ,’ उपप्रधानमन्त्री पोखरेलले भने ।

अस्पतालका अध्यक्ष गणेश पाण्डेले अस्पताल सञ्चालनमा रोजगारीको अवसर सिर्जना गर्नु र प्राकृतिक चिकित्सा पद्धतिको प्रवद्र्धन गर्नु पनि रहेको बताए । अस्पतालमा औषधिविहीन चिकित्सा पद्धति, प्राकृतिक चिकित्सा, योगथेरापी, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, अकुपञ्चर तथा अकुप्रेसर, भोजन परामर्शका साथै जीवनशैली क्लिनिकका माध्यमबाट उपचार गरिने अध्यक्ष पाण्डेले
जानकारी गराए ।

अस्पतालले अन्तरंग सेवा, बहिरंग सेवा, ल्याब, अतिविशिष्ट आवास कक्ष विशेषज्ञ प्राकृतिक चिकित्सक, फिजियोथेरापिष्ट, योग थेरापिस्ट, नेचुरल थेरापिस्टलगायतको सुविधा उपलब्ध गराउने जनाइएको छ । राजधानी दैनिकबाट