१ आश्विन २०८३, बिहीबार
,
Latest
जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा संयुक्त राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च ९ अर्बले बढी असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानसँग नेपाल ए टोली पराजित



अ+ अ-

काठमाडौँ। ओमान विरुद्धको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ए टोली पराजित भएको छ ।

काठमाडौँस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा ओमानले नेपाल ए लाई ७० रनले पराजित गरेको हो । ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ए ४४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २१० रनमा समेटियो ।

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले । उनले ६२ बलको सामना गर्दै ३ चौकाको सहयोगमा ५२ रनको योगदान गरेका हुन् । त्यसैगरी कप्तान अनिलकुमार साहले ६४ बलमा ६ चौकाको सहयोगमा ५० रन बनाए । त्यस्तै तृतराज दासले ४८ बलमा ३१ रन बनाए । देव खनालले ४३ रन बनाउँदा सन्दीप जोरा २२ रनमा आउट भए ।

बलिङतर्फ ओमानका शकिल अहमदले ३ विकेट लिए भने नदिम खान र मुजिबर अलिले समान २/२ विकेट लिए । त्यस्तै होनैन अलिले १ विकेट लिए ।त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८० रनको योगफल बनाएको थियो । ओमानका लागि मुजिबुर अलिले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ खेले ।

उनले ८५ बलको सामना गर्दै ४ चौका र ३ छक्काको मद्दतमा ७२ रन बनाएका हुन् । कप्तान जितेन्दर सिंह ४८ बलमा ५८ रन बनाए । हषिर डपादारले ४६, आशिष ओडाराले २७ तथा विनायक शुक्ला २५ रन बनाए । जितेन रामानन्दी १७ रनमा अविजित रहे ।

यता नेपाल ए का लागि आकाश चन्दले ४ विकेट लिँदा सन्तोष यादवले २ तथा शाहव आलम, शेर मल्ल र रशिद खानले समान १/१ विकेट लिए । नेपाल ए र ओमानबीच अर्को खेल यही वैशाख ११ गते हुनेछ ।

यही वैशाख १२ गतेदेखि सुरुआत हुने आइसिसी विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न ओमान नेपाल आएको हो । उक्त प्रतियोगिताको तयारी स्वरुप ओमानले नेपाल ए टोलीसँग खेलेको हो । विश्वकप लिग दुईको त्रिकोणात्मक सिरिजमा नेपालसहित संयुक्त अरब इमिरेट्स (युएई) र ओमान सहभागी छन् ।