१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
अ अ+ अ-

कैलाली। कैलालीका स्थानीय पालिकाहरूले खेतबारीमा आगो नलगाउन नागरिकलाई अनुरोध गरेका छन् ।

पालिकाहरूले किसानले गहुँ बाली भित्र्याइसकेपछि खेत सरसफाइ गर्ने जनाउँदै आगो लगाउने कार्य नगर्न सूचना गरेर अनुरोध गरेका छन् । खेतबारीमा आगो लगाउँदा माटो सुरक्षामा असर पर्ने, वातावरण प्रदूषित हुनुका साथै बस्तीमा आगलागीको जोखिम बढ्ने भएकाले आगो नलगाउन सूचना गरेका हुन् ।

सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा किसानले गहुँ भित्र्याउने काम सकिएको छ । बारीमा रहेका गहुँका नल सफाइ गर्न किसानले खेतबारीमा आगो लगाउँदा धनजनको क्षतिका घटना हुने भएकाले सचेत हुन कैलालीको जानकी गाउँपालिकाले आग्रह गरेको छ ।

गाउँपालिकाले गहुँ बाली भित्र्याउने क्रममा निस्किएको नल÷भुसा खेतमा नजलाई गौशालामा रहेका गाईवस्तुको आहाराका लागि निःशुल्क उपलब्ध गराइदिन अनुरोध गरेको विपद् सम्पर्क व्यक्ति नेत्रप्रसाद जैसीले जानकारी दिनुभयो । टीकापुर नगरपालिका–२ मा रहेको गौशालामा जानकी गाउँपालिका र टीकापुर नगरपालिका क्षेत्रका छाडा वस्तुभाउ राख्ने गरिएको छ । गौशालामा रहेका गाईवस्तुलाई आहारा अभाव भएका बेला किसानले खेतबारीमा आगो लगाएर आहारा नष्ट गर्नुभन्दा पशुलाई उपलब्ध गराउनु असल कर्म हुने जानकी–४ का रतन धामीको भनाइ छ ।

जोशीपुर गाउँपालिकाले खेतमा आगो लगाउँदा मानव बस्ती आगलागीजन्य घटना बढेकाले आगो नलगाउन आह्वान गरेको छ । “आगो लगाउँदा सुक्ष्म जीवहरू मर्न गई माटोका उर्वराशक्ति ह्रास हुन्छ, माटोको भौतिक, जैविक र रासायनिक गुण बिग्रन्छ”, गाउँपालिकाका कृषि अधिकृत सञ्जय चौधरी भन्नुहुन्छ, “वातावरण प्रदूषण हुने, पशु आहारामा कमी हुने हुँदा भुसा सङ्कलन गरी पालिकाले सञ्चालन गरेको गौशालामा बिक्री गरी सघाउन अनुरोध गरेका छौँ ।

पालिकाले गहुँको भुसाको मूल्य तोकेर बिक्री गर्ने किसानलाई पालिकामा आवेदन दिन सूचना गरेको छ । पालिकाले किसानको भुसा पशुको आहाराका लागि खरिद गर्ने भएको छ । पालिकाले तोकेको मूल्यअनुसार प्रतिट्रली भुसा रु तीन हजार ७००, प्रतिडनलप रु दुई हजार ५०० तोकेको छ । किसानको भुसा पालिकाले खरिद गर्ने, बिक्री गर्ने किसानले जोशीपुर–३ बञ्जरियामा रहेको काञ्जी हाउसमा पुर्याउनुपर्ने जनाएको छ ।

यसैगरी टीकापुर नगरपालिकाले पनि खेतबारी आगो नलगाउन आग्रह गरेको छ । गहुँ बारीमा लगाएको आगोले खतरा भएका यसअघिका घटनाले पनि सचेत गराएकाले आफूहरूले पछिल्ला केही वर्षयता आगो नलगाउन सचेत गराउने गरेको वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले बताउनुभयो । “खेत सफा गर्ने भनी आगो लगाउँदा कहिलेकाहीँ घर तथा बस्तीमा आगलागी भइदिन्छ”, उहाँले भन्नुभयो, “हामीसँग एकमात्र दमकल छ, जनशक्ति पनि पर्याप्त छैन, खेतमा लगाएको आगो निभाउन दमकल पठाउनुपर्ने बाध्यता हुन्छ ।”

सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले समेत माटो सुरक्षाका लागि भए पनि खेतबारीमा आगो नलगाउन आग्रह गरेको छ । बाली विकास अधिकृत गिरिशराज जोशीले आगो लगाउँदा प्रदूषण बढ्नुका साथै माटोमा भएका मित्र कीराहरू पनि मर्ने भएकाले फाइदा नहुने बताउनुभयो ।

“खेतबारीमा आगो लगाउनुका सट्टा जोतेर पल्टाइदिएमा गलेर मल बन्छ”, उहाँ भन्नुहुन्छ, “मलको समस्या टार्नका लागि यतिबेला बाँझो जमिनमा ढैचा खेती गरेर हरियो मलका रूपमा प्रयोग गर्न सकिन्छ ।”

गत वर्षबाट किसानलाई सचेत गराएका कारण यस वर्षको अहिलेसम्म टीकापुरमा तीनवटा मात्र आगलागीका घटना भएका छन् । गत वर्ष यो सिजनमा १२ वटा आगलागीका घटना भएका थिए । टीकापुरको दमकलले यहाँका पालिका जानकी, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र बर्दियाको राजापुर नगरपालिकासम्म आगो निभाउन सेवा दिनुपरिरहेको छ ।

यस वर्ष भजनीमा दमकल ल्याएपछि केही राहत भएको छ । गर्मीका समयमा मानिसको सानासाना लापरवाहीले आगलागीका घटना हुने गरेका छन् ।रासस