७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो

पातिखोला गुफाको संरक्षण गर्न पूर्वाधार निर्माण गरिँदै

पातिखोला गुफाको संरक्षण गर्न पूर्वाधार निर्माण गरिँदै
अ+ अ-

कास्की। कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा पर्ने पौराणिक तथा ऐतिहासिक पातिखोला (गुप्तकालिका) गुफाको संरक्षण र पूर्वाधार निर्माणका लागि पहल सुरु भएको छ ।

माछापुच्छ्रे  गाउँपालिका–४ र ५ को सिमानामा समुद्री सतहबाट एक हजार १०० मिटर उचाइमा रहेको यस गुफा संरक्षणका लागि संरक्षण समिति गठन गरेर काम अघि बढाइएको हो । गुफा ५५ मिटर लामो रहेको छ । पातिखोला गुफा संरक्षण समितिका सचिव रुद्रनाथ अधिकारीले ऐतिहासिक दृष्टिकोणमा यो गुफाको महत्व रहे पनि प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको बताउनुभयो ।

उहाँका अनुसार गुफाबारे विभिन्न किम्वदन्ती पाइन्छ । देवी भगवतीले भैरवलाई संरक्षण गरेर राखेको किम्वदन्ती अनुसार हाल गुफा परिसरमा देवी र भैरवको मूर्ती राखेर पूजाआजा हुँदै आएको छ ।

अधिकारीका अनुसार पौराणिक रुपमा गुफामा देवीले तपस्या गरेको किम्वदन्ती छ । सो स्थानमा देवी र भैरवबीच लामो समय द्वन्द्व चलिरहँदा देवी अचानक सो पातीखोला गुफामा तपस्या गर्न जाँदा भैरव देवीको पिछा गर्दै जाने क्रममा देवी भक्त हनुमान सो गुफाको द्वारपाल भएर बसेका बेला हनुमान र भैरवबीच लडाईं भएपछि देवी गुफाबाट निस्केर  भैरवको शीर छेदन गरेको र पछि भैरवले आफूले गल्ती गरेको भन्दै माफी मागेर आफूलाई देवीसँगै राख्न अनुनय विनय गरेपछि देवीले भैरवलाई संरक्षण गरेको किम्वदन्ती पाइन्छ ।

“जसअनुसार नै स्थानीयले गुफा परिसरमा देवी र भैरवको मूर्ति राखेर हालसम्म पूजा गर्दै आएका छन् ।” सचिव अधिकारीले भन्नुभयो । ऐतिहासिक तथा सांस्कृतिक इतिहास बोकेको पातिखोला गुफाको प्रचारप्रसारसँगै धार्मिक क्षेत्र पूर्वाधार विकासमा लागि रु पाँच करोडको गुरुयोजना बनाइएको पातिखोला गुफा संरक्षण समितिका अध्यक्ष अ क्या डम्बरसिंह गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार गण्डकी प्रदेश सरकारको रु ४० लाख लागतमा गुफा परिसरको भिरालो जमिन सम्याउने र वरपर पर्खाल लगाउने काम सकिएको छ । अन्य बाँकी कामका लागि बजेट अभाव भएकाले आगामी वैशाख १७ देखि २४ गतेसम्म जोगिचौर मणि परिसरमा महायज्ञ गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष गुरुङले भन्नुभयो, “विगतमा यस ठाउँमा वर्षमा तीन पटक मेला लाग्ने गर्थो । हाल यो मेलाले निरन्तरता पाएको छैन । यस ठाउँमा पूर्वाधार विकास गरी व्यवस्थित बनाई मेलालाई पुन ः निरन्तरता दिने र स्थानको ऐतिहासिकता र धार्मिक महत्वलाई अझ राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखेका र्छौँ ।”

पातिखोलमा विगतमा माघेसङ्क्रान्ति, श्री पञ्चमी र चैते दसैँमा गरी वर्षको तीन पटक कृषि व्यापारी, स्थानीय उत्पादनको बिक्री, विभिन्न परिकारका मिष्टान्न भोजनसहितको महोत्सव हुने गरेको स्थानीयको भनाइ छ । महायज्ञबाट करिब रु दुई करोड आर्थिक सङ्कलन गर्ने लक्ष्य लिएको र उक्त महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलको प्रवचन गर्ने प्रचारप्रसार उपसमिति संयोजक यामबहादुर गुरुङले जानकारी दिनुभयो ।

माछापुच्छ«े–४ का वडाध्यक्ष मधुसूदन अधिकारीले ऐतिहासिक तथा धार्मिक रूपमा परिचित यस स्थानमा हुन लागेको महायज्ञलाई सफल बनाउनका लागि तयारीलाई तीव्र पारिएको बताउनुभयो । पोखराको टुँडिखेल बगरबाट १० किलोमिटर उत्तर पश्चिमतर्फ करिब आधा घण्टाको यात्रामा पातिखोला गुफा पुग्न सकिन्छ ।  रासस